आज राती १२ बजेदेखि बिर्तामोड लकडाउन गर्ने निर्णय


झापा । कोरोना भाइरस कोभिड–१९ को संक्रमण समुदाय स्तरमा फैलिदै गएसँगै झापाको बिर्तामोड नगरपालिका बिर्तामोड नगरपालिकाले नगर क्षेत्रमा बन्दाबन्दी (लकडाउन) गर्ने निर्णय गरेको छ ।

आज राती १२ बजेदेखि लागु हुने गरी लकडाउनको गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ । बिर्तामोडमा समेत कोरोना संक्रमणको जोखिम बढेपछि लकडाउन गर्ने निर्णय गरेको नगर प्रमुख ध्रुव कुमार शिवाकोटीले बताए ।  बिर्तामोडमा संक्रमितसँगकाे ट्रेसिङ, टेस्टिङ गर्न अर्को सूूचना प्रकाशित नहुन्जेलका लागि लकडाउन हुनेछ ।

बिर्तामोड लकडाउनमा के के हुनेछन् बन्द ?

बिर्तामोडमा समेत कोरोना संक्रमणको जोखिम बढेपछि लकडाउन गर्ने निर्णय गरेको बताइएको छ । स्वास्थ्य क्षेत्र बाहेकका सबै उद्योग व्यवसायहरु पूर्ण बन्द गर्ने, लामोदुरीका सवारीलाई भने बिर्तामोडमा रोक्न नदिई सिधै गन्तव्यतर्फ जान दिने निर्णय भएको छ ।

त्यसैगरी अतिआवश्यक खाद्यलगायतका ढुवानी गर्ने साधनलाई चल्न दिईने भएको छ । त्यसमा स्वास्थ्य सुरक्षालाई उच्चतम ध्यान दिनुपर्ने नगर प्रवक्ता अग्नीप्रसाद पाण्डेले बताए ।

आईतबार नगरपालिकामा भएको सर्वपक्षिय बैठकमा जनप्रतिनिधी, प्रदेश सभाका सांसद, नागरिक समाज, कार्यपालिका समिति, उद्योग बाणिज्य संघ, सुरक्षा निकाय, बैकर्स, रेडक्रस लगायतका संघ–संस्थाको उपस्तिथि रहेको प्रवक्ता पाण्डेले बताए ।

बिर्तामोडमा संक्रमितसँगको ट्रेसिङ, टेस्टिङ गर्न अर्को सूूचना प्रकाशित नहुन्जेलका लागि लकडाउन हुने बताइएको छ । यस्तै नीजि तथा सार्वजानिक सवारी साधनलाई नगर क्षेत्रमा पूर्ण रुपमा निषेध गरिने बताइएको छ ।

यसैबीच बिहान ८ बजेदेखि ११ बजेसम्म भने खाद्यान्न, दूध, तरकारी लगायतका पसलहरु सञ्चालन गर्न दिइने जनाइएको छ । कसैले लकडाउनको उल्लंघन गरेमा कानुन अनुसार कारबाही गरिने बताइएको छ । झापामा पछिल्लो समय कोरोना भाइरसको संक्रमण समुदायमा फैलन सक्ने भन्दै त्रास सिर्जना भएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

गाई काटेको आरोपमा झापाबाट चार पक्राउ
निरजले मनाए बृद्धबृद्धासँग जन्मदिन
कर्मचारीलाई संक्रमण भएपछि झापा गाउँपालिका बन्द
औषधीमा बिरामी ठग्दै शनिश्चरे अस्पतालको रमेश फार्मेसी, बिमा रकम दाबी गर्न बिल एउटा औषधी अर्कै