नेता खनालको पहलमा बालुवाटारमा छलफल


काठमाडौँ : प्रधानमन्त्री एवम्‌ नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल जारी रहेको छ। पार्टीभित्रको विवाद समाधानका लागि प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल छलफलमा जुटेका हुन्।

छलफलमा वरिष्ठ नेता झलनाथ खनालको समेत सहभागिता रहेका अध्यक्ष दाहालका प्रेस संयोजक बिष्णु सापकोटा जुगलले जानकारी दिएका छन्‌।

पार्टीभित्र विवाद बढ्दै जाँदा फुटको स्थिति निम्तिएपछि समस्या समाधानका लागि पूर्वप्रधानमन्त्री एवम्‌ वरिष्ठ नेता खनालको पहलमा छलफल चलिरहेको हो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

विदेशी बुहारीलाई ७ वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने नेकपाको निर्णय
सरिता गिरीलाई पार्टी सदस्यबाट हटाउने तयारी, सांसद पद पनि नरहने
प्रचण्डलाई संसदमै राजेन्द्र लिङ्देनको जवाफ- धक्कु लगाउन मिल्दैन
कोरोना नियन्त्रण खर्च सार्वजनिक, कहाँ कति भयो खर्च ? (विवरणसहित)