कोरोनाको जोखिम न्यूनीकरण गर्न बिर्तामोड प्रहरीको ‘एसएमएस’ अभियान


बिर्तामोड । पछिल्लो समय कोरोना भाइरस समुदाय स्तरमा फैल्ने खतरा बढ्दै गएपछि सचेतना अभियानलाई झापामा तिब्र बनाइएको छ । लकडाउन खुलेसंगै पूर्वकै ब्यस्त शहरको रुपमा रहेको बिर्तामोडमा कोरोना भाइरसको जोखिम बढ्को भन्दै इलाका प्रहरी कार्यालयले विशेष चासो दिएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनी, रोट ट्र्याक क्लब अफ बिर्तामोड मिटटाउन, रोट ट्र्याक क्लब अफ काकरभिट्टा, ईआरसी झापा, न्यानो सहयोग, स्थानीय निकायका जनप्रतिनिधि, कृषिथोक बजार ब्यबस्थापन समितीको आयोजनामा ‘एसएमएस’ अभियान शुरु गरिएको छ ।

उनीहरू सोसियल डिस्ट्यान्सिङ, मास्क तथा स्यानिटाइजर ‘एसएमएस’को उचित प्रयोगका बारेमा चेतना फैलाउन भन्दै सडक तथा बजार क्षेत्रमा निस्किएर सचेतना जगाएका हुन् । इलाका प्रहरी कार्यालय अनारमनी विर्तामोडको अगुवाइमा यातायात मजदुर, व्यवसायी, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको संयुक्त टोलीले भीडभाड रहने क्षेत्रमा एसएमएसबारे जानकारी गराएका थिए।

मास्क नलगाउनेहरूलाई मास्क वितरण गर्नुका साथै आइन्दा नलगाएको खण्डमा संक्रामक रोग ऐन अनुसार कारबाही गर्ने चितावनी दिइएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए । कोरोना संक्रमण बाट आफू पनि बचौ अरुलाइ पनि बचाउ ! अनिवार्य रुपमा मास्कको प्रयोग गरौं ! भन्ने सन्देश मुलक एसएमएस गरौं र आफु पनि सुरक्षित रहुँ अरुलाई पनि सुरक्षित रहन आग्रह गरौं भन्ने सन्देश फैल्याउन आग्रह गरिएको डीएसपी रिजालले बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

लकडाउन हटाउने बिर्तामोड नगरपालिकाकाे निर्णय
झापाका साप्ताहिक हाटबजार बन्द
चिया मालिक मालामाल, मजदुरले पाएनन् ज्याला
निन्दा झरनामा गर्मी छल्न आन्तरिक पर्यटकको घुइँचो