कोपिलाको तीज गीत “मेरै घरमा बसेर दर खाउँला”
झापा । महिलाहरुको चाड तिजलाई लक्षित गरी गायिका कोपिला गौतमले “मेरै घरमा बसेर दर खाउँला”भन्ने मौलिक तीज गीत बजारमा ल्याएकी छन् । गोविन्द मधुर आचार्यको शव्द तथा संगित रहेको उत्त गीतमा कोपिलाको एकल स्वर रहेको छ ।
गायिका गौतमले उक्त गीतको म्युजिक भिडियो आफनै युटयुब च्यानलबाट सार्वजनिक गरेकी हुन् ।
भिडियोमा चर्चित मोडेल करिष्मा ढकालले अभिनय गरेकी छन । उक्त भिडियोलाई शंकर विसीले निर्देशन गरेका हुन् ।