इटहरी उपमहानगरमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि, स्थानीयमा त्रास


इटहरी। इटहरी उपमहानगर कार्यालयले अति आवश्यकीय बाहेक सबै सेवा बन्द गरेको छ । इटहरी उपमहानगरका योजना शाखामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुस्टी भएपछि उपमहानगरले सेवा बन्द गर्ने निर्णय गरेको हो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा, सुरक्षा निकाय प्रमुख, उपमहानगरका मेयर, उपमेयर, वडाध्यक्ष र जनप्रतिनिधिको आपतकालीन बैठक जारी रहेको छ । बैठकमा इटहरी उपमहानगरलाइ तत्काल लकडाउन गर्ने या नगर्ने भन्ने बिषयमा पनि छलफल चलिरहेको बताइएको छ ।

इटहरी अस्पतालको प्राङ्गणमा जारी बैठकले उपमहानगरमा कार्यरत कर्मचारीको तत्काल कन्ट्रयाक्ट ट्रेसिङ गरिने, थप सुरक्षा सतर्कता अपनाइने भएको छ । साथै सम्पुर्ण वडा कार्यालयहरूको काम बन्द गर्ने या नगर्ने भन्ने बिषयमा छलफल भइरहेको जनाइएको छ ।

बैठकमा सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोख्रेलको उपस्थितिमा इटहरी उपमहानगर कार्यालयको अति आवश्यकीय बाहेक सबै सेवा बन्द गरिने निर्णय भएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कोरोना कहर : १२ जिल्लामा निषेधाज्ञा, विभिन्न क्षेत्र सिल
लकडाउनमा पनि भयावह बन्दै सवारी दुर्घटना, प्रदेश १ मै ४१ जनाले ज्यान गुमाए
आजबाट देशभरका सरकारी कार्यालय खुला, दुई सिफ्टमा सञ्चालन हुने
झापामा थपिँदै कोरोना संक्रमित, कचनकवलमा मात्रै सङ्क्रमितको सङ्ख्या ११३ पुग्यो