झापामा रगतको अभाव हुन नदिन ईटाभट्टामा रक्तदान


मेचीनगर । झापाको मेचीनगर  ७ स्थित ईटाभट्टामा बजारमा बुधबार आयोजना भएको रक्तदान कार्यक्रममा ४० जनाले रगत दिएका छन् ।

नवीन युवा क्लब, टिम ब्लड पल, र ब्लड डोनर्स नेपालको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ६ महिला र ३४ पुरूष गरेर ४० जनाले रक्तदान गरेका थिए । कार्यक्रममा आफ्नो जन्मदिनको दिन पहिलो पटक रक्तदान गर्ने अंशु सापकोटा डोनर अफ द डे बनिन ।

 

अहिलेको विषम् परिस्थितिमा झापामा रगतको चरम अभाव नहोस् भन्ने उदेश्यका साथ क्लबले रक्तदान कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक शिव कुवंरले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोग रहेको कार्यक्रममा स्थानिय सहयोग यूनाइटेड युवा क्लब मेचीनगर(७ ईटाभट्टाले गरेको थियो ।

कार्यक्रमको सहआयोजकमा रोटरी क्लब अफ विर्तामोड मिट टाउन र रोट्याक क्लब अफ विर्तामोड मिट टाउन रहेका थिए ।

आयोजक नवीन युवा क्लबका अध्यक्ष सुशान्त पोख्रेलको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा मेचीनगर(७ का वडा अध्यक्ष चन्दन मेचेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम संयोजक शिव कुवंरले स्वागत र क्लबका सचिव नयन पाठकले कार्यक्रम सञ्चालन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

लकडाउन हटाउने बिर्तामोड नगरपालिकाकाे निर्णय
झापाका साप्ताहिक हाटबजार बन्द
चिया मालिक मालामाल, मजदुरले पाएनन् ज्याला
निन्दा झरनामा गर्मी छल्न आन्तरिक पर्यटकको घुइँचो