मेरी हजुरआमा…


दिपा अधिकारी 

“आमा” शब्द नै काफि छ यसको महत्व र इतिहास म यो कापीका पानामा लेखेर कहिल्यै पनि अन्त्य गर्न सक्दिन। समय जसरी पनि वित्दो रहेछ, र हामीले नसोचेका धेरै घटनाहरु घट्दो रहेछन जिवनमा। आज मैले मेरी हजुरआमालालाई धेरै सम्झिरहेकी छु।  त्यो कालो दिन जुन दिन म र मेरो परिवारबाट मेरी हजुरआमाको भौतिक उपस्थितिलाई सर्लक्‍क चुडायर दैवले लग्यो।

वि.सं. २०७३ साल चैत्र १६ गते विहिवारको कुरो हो यो, मेरो हत्केलाका स्पर्शमा मैले मेरी हजुरआमालाई महशुस गर्दै निदाउदै थिए। सम्पर्ण परिवारले वरिपरीबाट भोलिपल्टको उज्यालो घामको किरणको कल्पना गरिरहेका थियौ। हामी सो रात मानौँ उहाले अब आफूलाई सबैकुराको सन्तुष्टि भयो भने जस्तो , मलाई अब एकैसाथ बिदा गर भने जस्तो , नयनले स्पर्श गर्दै चारैतिर कोठामा पिलिक/पिलिक हेर्दै ‘भाई’ कता छ भन्दै मेरो बाबालाई गरेको इशाराको त्यो पल, ए ! कता छेस हो बुहारी भन्दै ममीलाई गर्नुभएको इशारा हरेक पल ताजा छ मेरो मन अनि मस्तिष्कमा ।

हामीले सबैकुरा गर्यौ ,हामीले सक्ने जाने, देखे र आमाको साथ हामीमाझ रहुनजेल दैवको अगाडि केहि लागेन आमाको अन्तिम घडि रहेछ, समय टिकटिक गर्दै रहेछ हामीलाई वरिपरि अलिकति पनि कतै महशुस भएन, हामी उहाँलाई अन्तिम पट्क महशुस गर्दै छौँ भनेर । २०७३ साल चैत्र १७ गतेका दिन मलाई कहिल्यै पनि यो अनुभव गर्न मन थिएन जहाँ मेरी हजुरआमा अनुपस्थिति अनि म उहाँको बारेमा यसरी भन्नेछु भनेर ,म र मेरो आयु अनि अस्तित्व बरावर सँग मेरी हजुरआमालाई साथको कल्पना गर्थे, यी सवै कुराहरु आज म उहाँप्रतिको श्रद्धा ,माया अनि अरेक समस्यामा मेरी एक असल साथिको रुपमा स्मरण गर्दैछु।

अहिले त खै समय नै कसरी अगाडि बढ्न थाल्यो, उहाप्रतिको त्यो श्रद्धाले आज म एउटा बुढी आमालाई देख्दा पनि उहाँको स्मरणमा हराउन थाल्छु र मैले सक्ने सद्‌भाव उहाँहरुसँग साट्ने अनि मेरी हजुरआमालाई त्यही कतै खोज्ने गर्छु। तर जोसँग यी सवै कुराहरु छन्। एउटा छोरा/बुहारीकी आमा ,नातिनातीनाकी हजुरमा सृस्टिको निर्माण गर्ने यस्ता विधाता प्रति भएको अन्यायको खबरले मन एकदमै रुन्छ।

हामीसँग जुन खुसी छ त्यसलालाई हामि अहिले वास्ता गर्दैनौ, बाहिरी खुसिमा मनलाई मनोरञ्जन दिन हामी व्यस्त छौ नि त हैन र ! तर जुन कुरा तपाईर्सँग आज छ, आफ्नो परिवार ,कसैका हजुरबुवा/हजुरआमा,आमा/बुवा यो खुसीलाई दोस्रो प्राथमिकतामा राखेर अन्य कुरालाई पहिलो प्रथमिकता कहिल्यै नदिनुहोला ,समय एउटा चक्र हो घुमि फिरी स्मरणमा मात्र रहने यो मानवीय चक्रमा आफ्नो आमा बुवाका आँशुलाई जति सकिन्छ जीवन रहुनजेल हसाँउने कोशिस गरौ। परिवार आफै खुसी अनि सुखी हुनेछ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आखिर जातीय विभेद किन ?
कृषिमा लकडाउनको प्रभाव
कोरोनालाई जितेका झापाका आलम भन्छन्,– संयमता अपनाऔं, आत्तिनु पर्दैन
विभेद माथिको विभेद अझ दर्दनाक !!!