साउन तेस्रो सातादेखि मेची अस्पतालमा कोरोना परीक्षण


झापा । झापाको सदरमुकाम भद्रपुरस्थित प्रादेशिक अस्पताल मेची अस्पतालमा यही साउन १५ गतेदेखि कोरोना भाइरस (कोभिड–१९) को पिसीआर परीक्षण सुरु हुने भएको छ ।

स्विस सरकारले उपलब्ध गराएको अत्याधुनिक पिसीआर मेसिन एक नम्बर प्रदेश सरकारले अस्पताललाई हस्तान्तरण गरेसँगै अस्पताल सञ्चालन तथा व्यवस्थापन मितिले १५ गतेदेखि परीक्षण सञ्चालन गर्ने गरी प्राविधिक कामलाई तीव्रता दिएको छ । अहिले प्रयोगशाला निर्माण कार्य धमाधम भइरहेको समितिका अध्यक्ष सोमनाथ पोर्तेलले जानकारी दिनुभयो ।

मुख्यमन्त्री शेरधन राईले शुक्रवार विराटनगरमा अस्पताललाई पीसीआर मेसिन हस्तान्तरण गर्नुभएको थियो । अस्पतालमा मेसिन आइपुगेपछि शनिवार बिहान प्रदेश सांसदहरूले पिसीआर मेसिन जडान गरिने प्रयोगशालाको स्थलगत अनुगमन गर्नुभएको थियो ।

गत असार १० गते सरकारले यस अस्पताललाई पिसीआर परीक्षण प्रयोगशाला स्थापनाका लागि अनुमति दिएको र सोही बमोजिम प्रयोगशाला बनाउने काम भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पिताम्बर ठाकुरले बताउनुभयो ।

मेची अस्पतालमा जडान गर्न लागिएको पिसीआर मेसिन एक पटकमा ९० वटा स्वाब परीक्षण गनिसक्ने क्षमताको अत्याधुनिक रहेको पनि बताइएको छ ।(रेडियो नेपालबाट)


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आज राती १२ बजेदेखि बिर्तामोड लकडाउन गर्ने निर्णय
रातेखालमा टाङ्टिङ्ग नदीको बाँध भत्किने जोखिम, नियन्त्रणका लागि जुटे स्थानीय
अर्जुनधाराको १ नम्बर वडा सिल गर्ने निर्णय
कोरोनाको जोखिम न्यूनीकरण गर्न बिर्तामोड प्रहरीको ‘एसएमएस’ अभियान