खुकुरी प्रहारगरी झापामा एक व्यवसायीको हत्या


काँकरभिट्टा । झापाको मेचीनगरमा अज्ञात ब्यक्तिको खुकुरी प्रहारबाट एक व्यवसायीको हत्या भएको छ ।

मृत्यु हुनेमा मेचीनगर–२ स्थित भृकुटी निवासी ५० वर्षीय नारायण आचार्य रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई शुक्रबार दिउँसो आफ्नै पसलमा सामान किन्न आएका ब्यक्तिले नै हतियार (बाम्फुक) ले आक्रमण गरेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार खुकुरी प्रहारबाट घाइते भएका आचार्यको बिर्तामोड स्थित वीएण्डसी अस्पतालमा मृत्यु भएको हो । खुकुरी प्रहार गर्ने व्यक्तिको पहिचान भइसकेकोले चाडैँ पक्राउ गरिने डीएसपी थापाले जानकारी दिए ।

आर्चायमाथि के कारणले खुकुरी प्रहार भयो अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

लकडाउन हटाउने बिर्तामोड नगरपालिकाकाे निर्णय
झापाका साप्ताहिक हाटबजार बन्द
चिया मालिक मालामाल, मजदुरले पाएनन् ज्याला
निन्दा झरनामा गर्मी छल्न आन्तरिक पर्यटकको घुइँचो