आजबाट सार्वजनिक यातायातका साधन चल्ने, काठमाडौं उपत्यका छिर्न पास चाहिने


काठमाडौं । यातायात व्यावसायीहरुले आज(विहीबार)बाट सार्वजनिक यातायातका साधन चलाउने भएका छन् । सरकारका प्रतिनिधि र यातायात व्यावसायी राष्ट्रिय महासंघका प्रतिनिधिहरुबिच पटक पटक भएको वार्ताले सहमति जुटाएपछि आजबाट सेवा दिन यातायात व्यावसायीहरु सहमत भएका हुन् ।

काठमाडौं उपत्यका लगायत देशैभर छोटो दुरीमा आजबाट सार्वजनिक सवारी साधान गुड्नेछन् । एक जिल्लाबाट अर्को जिल्लामा जान भने पाईने छैन । उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपूर जिल्लामा आवतजावत गर्न रोक लगाईने छैन ।

यसैबिच, सरकारले लकडाउन अन्त्य गरेको बताएपनि काठमाडौं उपत्यका प्रवेश गर्न पास चाहिने नियम कायमै राखेको छ ।

लामो दुरीका सवारी साधन तत्काल नखुलेकाले पास कायम रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । सरकारले लामो दुरीका सवारी साधनलाई भदौ १ गतेदेखि सन्चालन गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

हालसम्म ७६ हजार ९६७ नेपाली स्वदेश फर्किए
सोमबारदेखि पूर्ण क्षमतामा आन्तरिक उडान, ५० प्रतिशत टिकट बुकिङ
सिन्धुपाल्चोक पहिरो अपडेट : ३ जनाको शव भेटियो, अझै २४ जना बेपत्ता !
गाडी थन्किँदा ४५ लाखको गुजारा संकटमा, असोज १ गतेदेखि चलाउने अनुमति नपाए एकलौटी सञ्चालन गर्ने चेतावनी