‘कमेडी च्याम्पियन’ दोस्रो सिजनको प्रोमो सार्वजनिक
काठमाडौं । कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोस्रो सिजन सुरु हुने भएको छ । यसबारे जानकारी दिँदै बुधवार सिजन–२ को प्रोमो सार्वजनिक गरिएको छ ।
कमेडी च्याम्पियनको सार्वजनिक प्रोमोमा सामाजिक विषय बस्तु तथा समाजमा विद्यमान महिनावारी सम्बन्धी अन्धविश्वासलाई प्रतिकात्मक रुपमा प्रस्तुत गरिएको छ ।
निर्माण पक्षले दोस्रो सिजनको अडिसन असोजबाट सुरु हुने बताएको छ । अघिल्लो सिजन सफलताका साथ सम्पन्न गरेको यस शोको यस सिजनमा पनि निर्णायकको भूमिकामा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा नै हुने बताइएको छ । विशाल भण्डारीले निर्देशन गर्ने यस सिजनलाई पनि सम्भवतः नायिका रीमा विश्वकर्माले नै होस्ट गर्नेछिन् । प्रोमो कमेडी च्याम्पियनको फेसबुक पेजमा बुधबार शेयर गरिएको छ ।