लकडाउन आज रातिदेखि पूर्णरुपमा हट्ने, भदौ १ देखि लामो दूरीको यातायात खुल्ने


काठमाडौँ । गत बर्षको चैत ११ गतेदेखि लागू गरिएको लकडाउन आज राति १२ बजेदेखि पूर्णरुपमा हटेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारले लकडाउनको अन्त्य भएको जनाएको हो ।

सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले चैत ११ देखि लकडाउन अन्त्य भएपनि अझै केही क्षेत्रमा भदौ १ सम्म प्रतिबन्ध कायम रहने जानकारी दिनुभयो ।

यसैगरी लकडाउनसंगै रोकिएको लामो दूरीको सवारी साधन पनि भदौ १ गतेदेखि खुल्ला गर्ने निर्णय सरकारले गरेको छ । सरकारले साउन १५ गतदेखि होटल तथा रेष्टुरेन्ट पनि सञ्चालन गर्न पाउने तर भोजभतेर भने तत्काल गर्न नपाउने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कोरोनाका कारण नेपालमा थप ४ को मृत्यु
प्रदेश १ मा आज अहिलेसम्मकै बढी ९८ जनामा कोरोना पुष्टि
वीपी प्रीतष्ठानले भर्ना नलिएपछि धरानमा कोरोना संक्रमित राख्न वनको भवनमा आइसोलेशन
मालपोत कार्यालय उदयपुरका ६ कर्मचारी सहित १५ जनामा कोरोना संक्रमण