आगामी २४ घण्टा देशैभर वर्षा, सतर्कता अपनाउन आग्रह


काठमाडाै ।  मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टामा पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिएको छ ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानका साथै प्रदेश ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा आगामी २४ घण्टा भारी वर्षा हुने सम्भावना छ ।

त्यस क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले सबैसँग अनुरोध गरेको छ ।

विभागकाअनुसार अहिले मनसुनी न्यून चापीय रेखा नेपालतिर सरेको अवस्था छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

हालसम्म ७६ हजार ९६७ नेपाली स्वदेश फर्किए
सोमबारदेखि पूर्ण क्षमतामा आन्तरिक उडान, ५० प्रतिशत टिकट बुकिङ
सिन्धुपाल्चोक पहिरो अपडेट : ३ जनाको शव भेटियो, अझै २४ जना बेपत्ता !
गाडी थन्किँदा ४५ लाखको गुजारा संकटमा, असोज १ गतेदेखि चलाउने अनुमति नपाए एकलौटी सञ्चालन गर्ने चेतावनी