ओलीले भने ‘तपाई योगेशलाई जिताएर पठाउनु्स, म मन्त्री बनाईदिउँंला’


ताप्लेजुङ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले सचिव योगेश भट्टराईको प्रंशसा गरेका छन् । सचिव भट्टराई भबिष्यको राम्रो सम्भावना भएको सक्रिय युवा नेता नेता भन्दै ताप्लेजुङका जनतालाई मतदान गर्न अनुरोध समेत गरे । उनले योगेशलाई मन्त्री बनाउने समेत प्रतिबद्धता व्यक्त गरे । उनले भने,‘योगेशलाई तपाईहरुले संसद बनाएर पठाउनुहोस, म मन्त्री बिल्ला भिराएर फर्काउँछु ।’

ताप्लेजुङको सदरमुकाम स्थित तक्मेबजारमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले योगेश एमाले र माओवादीको मात्रै उम्मेदवार नभएर सबैको साझा भएको बताए । उनले भने,‘झट्ट हेर्दा एमाले र माओवादी केन्द्रका उम्मेदवार जस्तो देखिनुभएको छ तर, ताप्लेजुङबासी सबैको मन मनको साझा उम्मेदवारको रुपमा लिनुभएको छ ।’ अध्यक्ष ओलीले योगेशको विजय जुलुसमा पनि ताप्लेजुङ आउने बताए । अध्यक्ष ओलीले अब मन्त्री भएर ताप्लेजुङ चलाउने जिम्मा योगेशको भएको बताए । उनले भने, ‘अबको सरकार वामपन्थीको बन्छ भन्ने सबैलाई थाहा छ, वामपन्थी मध्ये पनि सबैभन्दा ठुलो एमाले नै होला । एमालेको अध्यक्ष ताप्लेजुङ आएर किन सम्बोधन गर्दैछ त्यो भनी रहन नपर्ला । अब मन्त्री भएर ताप्लेजुङ चलाउने जिम्मा योगेशको हो ।’

अध्यक्ष ओलीले चुनावपछि एमाले र माओवादीबीच एकता हुने बताए । एक भएको शक्तिशाली पार्टी देश निर्माणको लागि नायक बन्ने उनले बताए । यही निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सूर्य चिन्हमा चुनाव लड्न तयार भए पनि माओवादीभित्रको छलफलको कारण सफल नभएको बताए । तर, भबिष्यमा पार्टी एकीकरण हुने ठोकुवा गरे । अध्यक्ष ओलीले राष्ट्रपतिको विद्यादेवी भण्डारीको कारण महिलाहरुको ३३ प्रतिसत अधिकार सुरक्षित भएको बताए । ३३ प्रतिसत ग्यारेन्टीको लागि भण्डारीले महत्पपूर्ण भूमिका निर्वाह गरेको उनको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

महन्थ ठाकुर पक्षको रिटको आज सुनुवाइ हुँदै
पहुँचको आधारमा खोप
दुर्गममा चिकित्सक पाउनै गाह्रो : पाए टिकाउन साह्रो
कोरोना महामारी : पूर्वी नाकाबाट भित्रिने पर्यटकको सङ्ख्या शून्य