बीपी प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु


धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसनमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुने सप्तरी जिल्लाको ७३ बर्षीय पुरुष हुन् । उनको हिजो राति करिब १० बजेतिर मृत्यु भएको प्रतिष्ठान स्रोतले जानकारी दिएको छ । उनको शव अहिले प्रतिष्ठानको मर्चरीमा राखिएको छ ।

इलाका प्रशासन कार्यालय धरानका प्रमुख चन्द्रबहादुर कार्कीले वीपीमा उपचार सप्तरीका व्यक्तिको मृत्यु भएको पुष्टि गरे । ‘एक जनाको मृत्यु भएको हो, शवलाई के गर्ने भनेर आर्मीसँग समन्वय भइरहेको छ’, कार्कीले भने ।

मृतक प्रदेश २ को भए पनि प्रदेश १ मा उपचारको क्रममा मृत्यु भएको पहिलो व्यक्ति हुन् । त्यसैले संक्रमितको शव व्यवस्थापन कहाँ र कसरी गर्ने भनेर निर्णय लिन केही समय लाग्ने कार्कीले बताए ।

‘शव व्यवस्थापनबारे सिडिओ साबसँग समन्वय भइरहेको छ । प्रदेश १ मा पहिलो मृत्यु भएकेले पनि केही समय लाग्छ’, उनले भने ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आजदेखि मेची अस्पतालमा कोरोना परीक्षण शुरु हुँदै
काँकडभिट्टाका थप १२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण
धरानस्थित वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु
थपिए १०० जनामा कोरोना संक्रमित, २ जनाको मृत्यु