त्रिफलामा एकैदिन आधादर्जन कृति विमोचन


धुलाबारी, माघ ८ । सरस्वती पुजाको अवसरमा झापाको धुलाबारीस्थित त्रिफला राष्ट्रिय पुस्तकालयमा विभिन्न कृतिहरु विमोचन गरिएको छ । सरस्वती पुजा तथा कृति विमोचन कार्यक्रमको आयोजना गरी नेपाल तथा भारतका स्रष्टाहरुले सृजना गरेका कृतिहरुको विमोचन गरिएको हो ।

कार्यक्रममा साहित्यकार विनोद खनालको कथा संग्रह “फर्किएर हेर्दा” र मातृका संग्रौलाको निबन्ध संग्रह “मेहेनतका मुठी साँधेर ढिकुटी” विमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि भारत सिक्किमका साहित्यकार मुक्ती उपाध्याय, विशिष्ठ अतिथिअरु हरी ढुङ्गेल र दिलिप संग्रौलाले कृतिहरु विमोचन गर्नुभएको थियो ।

सोही अवसरमा सिक्किमका साहित्यकार तथा कार्यक्रमका विशिष्ठ अतिथि हरी ढुङ्गेलको कविता संग्रह “नवपथ”, विन्दा खरेलको कविता संग्रह “मनोभाव”, टिका ढुङ्गेलको “समिक्षाका छालहरु” लगायत विभिन्न स्रष्टाद्वारा सृजित कृतिहरुको पनि विमोचन गरिएको थियो ।

विद्याकी देवी सरस्वतीको पुजाका साथ सम्पन्न कार्यक्रममा प्रमुख अतिथि, विशिष्ठ अतिथि, साहित्यकारहरु रोहिणी विलास लुइटेल, तेजराज खतिवडा (तेराख) लगायतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आज महानवमी : दुर्गा भवानीको पूजा-आराधना गरी मनाइँदै, हनुमानढाेकामा बलि नहुने
बडादशैंको आठौं दिन महाअष्टमी पर्व मनाइँदै, राज्यका तर्फबाट दिइने बलि र कालरात्रि पूजा रोकियो
माहामारीका बीच इलाममा ८० किलोमिटर विद्युत प्रशारण लाइन विस्तार
झापामा बढ्यो तस्करी, एसएसबीले गर्‍यो ९० बोरा सुपारी बरामद