कोरोनालाई जितेका झापाका आलम भन्छन्,– संयमता अपनाऔं, आत्तिनु पर्दैन


नेपालमा कोरोना संक्रमणको दर बढ्दै गइरहेका बेला संक्रमित निको हुने क्रम पनि उच्च रहेको छ । दुई हजार भन्दा बढी संक्रमित भइरहदा २२१ जना भन्दा धेरैले कोरोनालाई जितेर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण हुने वित्तिकै मृत्यु नै हुन्छ भन्ने भ्रमलाई चिर्दै धेरै नेपालीले रोगलाई जितेर घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ८० प्रतिशत कोरोना संक्रमितमा सामान्य लक्षण समेत देखिएको छैन । सरकारले तोकेका अस्पतालमा उपचार गराएर संक्रमित घर फर्किएपनि कतिपयले कोरोनाको संक्रमण भएको भन्दै भेदभाव गर्ने गरेको गुनासो गरेका छन् ।

रोग लाग्नु भन्दा रोग लाग्न नदिनु नै उत्तम हो तर उपचारपछि निको भएका व्यक्तिलाई भेदभाव गर्नु भनेको गलत काम भएको स्वास्थ्य मन्त्रालयका प्रवत्ता विकास देवकोटाले बताएका छन् । कोरोना संक्रमण बढ्दै छ संक्रमित निको हुनेको दर पनि बढ्दै छ तर, समाजमा गरिने भेदभाव भने गलत बुझाइका कारण हुँदैछ देवकोटाले भने ।

प्रदेश नम्वर १ मा कोरोना संक्रमित वढिरहेका छन् । झापा संक्रमितको पहिलो नम्वरमा रहेको छ । निको हुने क्रम बढीरहेका बेला मंगलबार मात्रै झापाका १७ पुरुष सहित प्रदेश १ का १८ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । हालसम्म प्रदेश १मा ४८ जना निको भएर घर फर्किएका छन् ।

झापाको वाह्रदशी गाउँपालिका – ४ स्थित मजाहिर आलम बाह्रदशी गाउँपालिकाका पहिलो कोरोना संक्रमित अहिले घर फर्किएर आफ्नो काममा व्यस्त रहेका छन् । कोरोना संक्रमण पुष्टि हुँदा र त्यस पश्चात उनलाई समाजले कस्तो व्यवहार गरिरहेको छ ? आलमले पत्रकार सुरेन्द्र भण्डारीलाई सुनाएको अनुभव यस्तो छ…

 मजाहिर आलम–हेडमदरेस्ट नादिम, मदरसा दारुलउलुम चकचकी 

गत ३ मार्चमा म दिल्ली गएको थिए र ११ मार्चमा म घर फर्किएको थिए । घर फर्किएपछि १० १२ दिन स्कूल पढाए पनि । मैले मदरसा दारुलउलुम चकचकीमा पढाएको हुँ । लकडाउन भयो । त्यसपछि केही दिन घर बसे । २५ दिन पछि प्रहरीको असई घरमै आएर तपाई दिल्ली जानु भएको थियो भन्दै सोध पुछ ग¥यो । त्यत्तिवेला दिल्लीबाट फर्किएको २०÷ २५ दिन भएको थियो । केही दिन पछि फेरि डिएसपी आएर सोधेका थिए ।

वैशाख ३ गते गाउँपालिकाले स्वास्थ्य जाँचका लागि बोलायो । तर,त्यो दिन डाक्टर नआएकाले मेरो स्वास्थ्य जाँच भएन । फेरि बैशाख ५ गते मेरो स्वास्थ्य जाँच भयो । ३१ जनाको त्यो दिन स्वास्थ्य परीक्षण भयो । त्यसपछि म ढुक्कले बसे । १० गते फेरि मेरो मोवाइलमा फोन आयो ।

तपाइको अर्काे एउटा चेकअप गर्नु पर्छ भनियो । त्यहाँ मेरो स्वास्थ्य जाँच भएपछि डाक्टरलाई सोधे मेरो रिपोर्ट कहिले आउँछ ? डाक्टरसावले भन्नुभयो – आज परीक्षणका लागि स्वाव विराटनगर जान्छ । म फेरि फोन गर्छु भन्नुभयो । त्यो दिन मलाई ८ वजे राति डाक्टरको फोन आयो ।

ल तपाई ढुक्क हुनुभयो । तपाइको रिपोर्ट नेगेटिभ आयो । डाक्टरले यसो भन्दा म खुशी भए । तर, मैले डाक्टरलाई लिखित रुपमा रिपोर्ट मागे । भोलि पल्ट विहान गाउँपालिकामा मलाई रिपोर्ट लिन बोलाइयो । मैले स्वास्थ्य शाखा प्रमुख राम साहलाई भेटे । उहाँले पनि मलाई वधाई दिनुभयो । यो १२ गतेको कुरा हो । फेरि १३ गते मलाई ओम प्रकाश जीले फोन गर्नुभयो । प्रतिप्रश्न गरे मैले किन आउनु दाजु । उहाँले भन्नुभयो – मेचीबाट डाक्टरहरु आउनु भएको छ । अनि त्यो दिन फेरि मेरो स्वास्थ्य जाँच भयो ।

त्यसको रिपोर्ट के आयो मलाई थाहा भएन एकै पटक १४ गते मलाई उठाएर विराटनगर लगियो । १४ दिन म विराटनगर बसे । त्यहाँ मेरो चार पटक स्वास्थ्य परीक्षण भयो । ४ वटा चेकअपमा पनि मेरो रिपोर्ट नेगेटिभ नै आयो । १४ दिन वसेपछि मलाई घर पठाइयो । त्यहाँ मलाई १४ दिन फेरि होम क्वारेन्टाइन बस्न भनियो । अहिले म घरैमा छु । घरको सामान्य कामहरु गरिरहेको छु । मलाई केही भएको छैन । पहिला पनि थिएन र अहिले पनि छैन । मेरो स्वास्थ्यमा कुनै समस्या छैन ।

कोरोना लागेको सुन्दा पनि मलाई कुनै अनौठो केही लागेन । जहाँ जहाँ बाट फोन आउथ्यो त्यहाँ त्यहाँ म पुगेकै थिए । राजगढ बोलाए म राजगढ नै पुग्ने । चकचकी बोलायो चकचकी पुग्थे । घरमा पनि कुनै फिल नै भएन । हामीसवै संगै बस्थ्यो , संगै खान्थ्यो । कुनै त्यस्तो कुनै अनुभव नै छैन । हामी घर परिवार आमा वुवा दाजु भाई सबै संगै बस्यौं ।

दिल्लीमा धार्मिक कार्यक्रम थियो । त्यही कायक्रममा सहभागीताका लागि म गएको थिए । सात गतेदेखि ९ गतेसम्म एउटा कार्यक्रम थियो त्यही कार्यक्रमका लागि म गएको थिए । चार दिन म दिल्ली बसेँ ।

मलाई कोरोना संक्रमण छ भनेर विराटनगर लादा म संग विराटनगरमा ३१ जना भयौं । केही दिन हामी सवैलाई क्वारेन्टाइनमा राखियो । म भन्दा अगाडि आएकाहरुलाई उपचारपछि घर फर्काइयो । मलाई विराटनगर पु¥याएको पाँचदिन पछि म र भोजपुरको भाई मात्रै भयो र केही दिन पछि हामी दसई जनालाई छाड्यो । अहिले चाँही वरु कोरोनाका संक्रमितहरुको संख्या थपिदै गएको छ ।

कोरोना लाग्दैमा आत्तिनु पर्दैन । कोरोना एउटा विरामी हो । यसमा हाम्रो केही चल्दैन । भगवानको इच्छा जसलाई हुन्छ त्यसैलाई लाग्ने हो । यो देखि आत्निु पनि हुँदैन । भीडभाडमा जानु हुँदैन । मान्छेदेखि मान्छे दुरी राखेर टाढैं बस्औं । कोरोना संक्रमति भन्ने बित्तिकै मरिदैन । आत्मबल दह्रो बनाउनु पर्छ । भेदभाव गर्नु हुदैन ।

घर परिवारको पूर्ण साथ सहयोग छ । हुन त मलाई केही पनि भएको छैन । कोरोनाको कुनै लक्षण म मा नदेखिएकाले पनि मलाई विरामी भएको अनुभव घरकाले गरेनन् । कोराना लागेको सुन्ने वित्तिकै समाजले अलिक भेदभाव ग¥यो । उपचार पछि म घर फर्किएपछि अहिले फेरि राम्रै गर्दैछन् । साथीभाईहरु विस्तारै घर पनि आउन थालेका छन् । केही दिन देखि म पनि फूलवारी चौक तिर निस्कदैछु ।

कोरोन लागो भनेर कोही निरास नबन्नुहोस् । मलाई ठीक भएर घर फर्किसके । विश्वमा कोरोनाका कारण धेरैको ज्यान गयो । तर नेपालमा खासमा कोरोना आएको छैन । सामान्य केही लक्षण देखिएको मात्रै हो । मलाई कोरोना यदि भएकै हो भने मेरो घर परिवारलाई सर्ने थियो । १०, १२ जनाको संयुक्त परिवार छ मेरो । तर, न मलाई केही भा छ न मेरा परिवारलाई केही भा छ ।

कोरोनाको लक्षण देखा पर्ने वित्तिकै सरकारले उच्च प्राथमिकतामा राखेर मलाई उपचार ग¥यो । विराटनगरमा राम्रो व्यवहार गरे । सबै कुरा व्यवस्थित नै थियो । जे चाहियो त्यो एक कल फोनमा आयो । खाने बस्ने सबै व्यवस्थित थियो विराटनगरमा ।

कोरोना रोग भएकाले यसबाट सचेत चाँही बन्नु पर्छ । तर, नआत्तिनु म सवैलाई यही भन्छु । हाम्रो लेखान्त नै कोरोनाका कारण मृत्यु लेखेको छ भने मरिन्छ तर लेखान्तमा छैन भने कोरोनाले केही हुँदैन । सुरक्षित बसौं नआत्तिऔं । हाम्रो वस्ने ठाउँ यो होइन । आखिर मर्नु त छ नै । तर, कोरोना रोगका कारण कोही नमरियोस् । म यही भन्छु ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मेरी हजुरआमा…
आखिर जातीय विभेद किन ?
कृषिमा लकडाउनको प्रभाव
विभेद माथिको विभेद अझ दर्दनाक !!!