भारतमा कोरोना संक्रमित संख्या २ लाख नाघ्यो, एकैदिन ८ हजार ८ सय बढी संक्रमित भेटिए


काठमाडाैं, जेठ २१ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणकाे लहर तीव्र बन्दै गएपछि अहिले भारत एसियाकै महामारी केन्द्र बनिरहेकाे छ । एसियाली देशहरूमा सबैभन्दा बढी काेराेना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् ।

भारतमा पछिल्लाे समय दैनिक संक्रमित संख्या र मृत्यु संख्या झन् बढ्दै गएकाे छ । त्यहाँ हरेक दिन मृत्यु हुनेको संख्या र संक्रिमत हुनेको संख्या बढ्दै गएपछि स्थिति नियन्त्रणबाहिर जाने चिन्ता थपिएकाे छ । यससँगै भारत सरकारले संक्रमण नियन्त्रण गर्ने लक्ष्यसहित विगत ३ महिनादेखि जारी लकडाउन बढाएर थप १ महिना लम्ब्याएकाे छ ।

भारतमा मंगलबार एकैदिन हालसम्मकै सर्वाधिक संख्यामा काेराेना संक्रमित पुष्टि भएका छन् । मंगलबार मात्रै त्यहाँ ८ हजार ८२१ नयाँ संक्रमित फेला परेकाे छ भने २ सय २१ जनाकाे मृत्यु भएकाे वर्ल्डाे मिटर्सले जनाएकाे छ ।

याे सँगै भारतमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ५ हजार ८ सय २९ पुगेकाे छ भने संक्रमितकाे संख्या २ लाख ७ हजार १९१ पुगेकाे छ । काेराेना संक्रमणका हिसाबले अहिले भारत एसियाकै १ नम्बरमा रहेकाे छ भने विश्वकै साताैँ नम्बरमा छ ।

संक्रमितमध्ये हाल १ हजार २८५ मानिस उपचारपछि निको भएर घर फर्किएका छन् । भारतमा अहिले १ लाख १ हजार बढीमा कोरोना भाइरस सक्रिय छ । उनीहरू उपचाररत छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मलेसियामा प्रतिमहिना औषत २३ नेपालीको मृत्यु
मलेसियामा अबैधानिक रुपमा बसेका नेपालीलाई स्वदेश फर्कने अवसर
मलेसियाको जोहोर राज्यमा पिएनसीसी को हेल्पडेक्स
काबुलमा नेपालीको सस्तो मृत्यु