छिमेकी ! (कविता)


भन्छ , हाम्रो सम्बन्ध प्रगाढ छ तर औंला दिदा डुँडुल्लो निल्छ !

मेरो नदिमा बगिरहेको पानी , दावा गर्दै उ मेरै हो भन्छ !

मेरो हासिरहने हिमाल पनि , ठोकुवा गर्दै उ मेरै हो भन्छ !

कहिले सिमा स्तम्भ सार्छ !

कहिले मेरै नदिमा बाध लगाएर मेरै देशलाई चुल्म्म डुबाउछ !

मेरो शान्तिका अग्रदुतलाई, उ मेरै देशमा जन्मिएको भन्छ !

अब त हुदा हुदै मेरै जमिनमा , बाटो बनाएर उ मेरै हो भन्न थाल्यो !!

म मेरो इतिहास पल्टाएर हेर्छु जुनदिन मेरो छिमेकीले मसंग आँखा जुधाएर हेर्ने हिम्मत गर्देन्थ्यो !

पढ्छु मेरा ती बिरका गथाहरु भिमसेन देखि बलभद्र सम्म पुग्दा देशको शिर कहिल्यै झुक्दैनथ्यो !

तर आज मेरो त्यही छिमेकी मेरै छातिमा उसको लात्ती बजार्दे मलाई नै लर्कारिरहेको रहेछ ।

उसको दम्भका प्रमाणहरु खोज्न म आफुलाई आफैंले नियाल्दै जादा

म भित्र एउटै मात्र खोट भेट्छु मेरो देश बोकेर हिड्नेहरुले बस् राष्ट्रियता कहिल्यै बोकेनछन् !

आज सहनशीलताको बाध टुटेको छ,

उ बिरुद्ध म क्रन्तिको बिगुल फुक्दैछु !

उसंग अाधुनिक परमाणु होलान,

तर उसको अत्याचार बिरुद्ध लड्न मलाई खिया लागेकै खुकुरी काफि छ !

भोकै राख्न उसले बाटोहरु बन्द गर्ला, मलाई पेटभर्न गिठ्ठा भ्यागुर नै काफि छ !

तर मेरो स्वाभिमानको रक्षाका लागि, म एक कदमपनि पछाडि हट्ने छैन !

यो क्रान्तिपछि अझ अर्को क्रान्तिको नयाँ अभ्यास पनि मैले आफै गर्नुछ,

आफैंले आफैंलाई आत्मनिर्भर बनाएर !!


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मन्त्री भुषालद्वारा पत्रकार सिग्देलको ‘एकदिन’ बिमोचन
‘उ आउन त आई´ (गजल )
यहाँ भित्रको बिचित्रता
बिहानै पाथिभरामाताको दर्शन गर्दै हेर्नुहोस आजको राशिफल