मलेसियाबाट नेपाल फर्किन पाउँ भन्दै २६ सयले दिए अनलाइनमार्फत आवेदन


काठमाडौं, बैशाख २७ । मलेसिया सरकारले गत जनवारीसम्मा भिसा अवधि सकिएका नेपालीसहित सबै विदेशीलाई स्वदेश फर्कन अदेश दिएको छ ।

मलेसियन सरकारको यो आदेशसँगै नेपाली दूतावासले भिसा सकिएका नेपाली कामदारको तथ्याङ्क संकलन गर्न थालेको छ ।

दुतावासले केही दिनअघिबाट अनलाइन मार्फत घर फर्कन पाउँ भन्दै आवेदन दिन सकिने व्यवस्था गरेको थियो । साथै दुतावासले अनलाइनका साथै अन्य विभिन्न माध्यमबाट समस्या तथा गुनासो राख्न सकिनेगरीको व्यावस्था गरिएको जनाएको छ ।

दूतावासले व्यवस्था गरेको अनलाइनमार्फत शुक्रबारसम्म २६ सयले घर फर्कन पाउँ भन्दै आवेदन दिएको बताइएको छ ।

त्यस्तैगरी हधेैको संख्यामा आफ्नो समस्या बताएको दूतावासका द्वितीय सचिव प्रतिक कार्कीले जनाकारी दिनुभयो । समस्यामा परेका नेपाली श्रमिकलाई मलेसियन सरकारसँग समोन्वय गरेर समस्या हल गरिने उहाँले बताउनुभयो ।

जनवरी १ देखि भिसा सकिएर मलेसियामा ओभरस्टे भएकाहरुलाई लकडाउन सकिएको १४ दिनभित्र स्वदेश फर्कन पाउनेछन् । तर गैरकानुनी रुपमा रहेका विदेशीले भने यो समयमा स्वदेश फर्कन पाउने छैनन् ।

मलेसियामै बस्न चाहने तर भिसा नवीकरण गर्नुपर्नेले भने लकडाउनको अवधि सकिएको एक महिनाभित्र मलेसियाको अध्यागमन कार्यालयमा गएर भिसा नवीकरण गर्न सक्नेछन् । यसरी भिसा नवीकरण गर्दा आफ्नो कम्पनीको आधिकारिक प्रतिनिधिलाई जानकारी गराउनुपर्ने छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मलेसियामा प्रतिमहिना औषत २३ नेपालीको मृत्यु
मलेसियामा अबैधानिक रुपमा बसेका नेपालीलाई स्वदेश फर्कने अवसर
मलेसियाको जोहोर राज्यमा पिएनसीसी को हेल्पडेक्स
काबुलमा नेपालीको सस्तो मृत्यु