झापामा नयाँ डेरी उद्योग सञ्चालनमा


झापा, माघ ४ । झापाको अर्जुनधाराबाट नयाँ डेरी उद्योग सञ्चालनमा आएको छ । अर्जुनधारास्थित पूर्वाध कृषी सहकारी संस्था लिमिटेडले बिहीबारबाट पूर्वाध डेरी सञ्चालनमा ल्याएको हो ।


कृषी राज्य मन्त्री सरीता प्रसाईले आज पूर्वाध डेरी सञ्चालनको औपचारीक उद्घाटन गर्नुभयो । सो अवसरमा राज्य मन्त्री प्रसाईले कृषी पेशाबाटै नेपालको समृद्धि सम्भव भएकाले सरकारले यस क्षेत्रमा लाग्न प्रोत्साहन गरिरहेको बताउनुभयो ।

दुई करोड ४६ लाख रुपैयाँ लागतमा सञ्चालनमा आएको डेरीले केही साता अघि देखी नै उत्पादन सुरु गरि झापाका बजारहरुमा पठाइसकेको पूर्वार्ध सहकारी संस्थाका अध्यक्ष तथा सञ्चालक कमल भण्डारीले जानकारी दिनुभयो । उहाँले दैनिक आफ्ना उत्पादनको माग बढीरहेकाले निरन्तर उत्पादनमा वृद्धि गर्दै बजार विस्तार गर्ने बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

दमकबाट चार लाखसहित १७ जना जुवाडे पक्राउ
पर्यटकको पहिलो गन्तव्य इलाम
मन्त्रिमण्डल विस्तार गर्दै मुख्‍यमन्त्री आचार्य
पाथीभरा मन्दिर असोज १ गतेदेखि खुला हुने