कोरोना भाइरस अपडेट : मलेसियाको पछिल्लो अवस्था के छ ?


काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण मलेसियामा ज्यान गुमाउनेको संख्या १०६ पुगेको छ ।

मलेसियामा पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १०६ पुगेको हो । मलेसियामा एकैदिन थप ३० जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ हजार ३८३ पुगेको छ ।

मलेसियामा संक्रमितमध्ये ४ हजार ५६७ जना उपचारपछि निको भएका छन् । १ हजार ७१० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये २४ जनाको अवस्था गम्भीर रहेको छ ।

वैदैशिक रोजगारीको सिलसिलामा ठूलो संख्यामा त्यहाँ नेपालीहरु रहेको हुँदा मलेसियास्थित नेपाली दूतावासले सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।

नेपालीहरुमा कुनै समस्या देखिएमा दूतावासको सम्पर्कमा रहन समेत अनुरोध गरेको छ । पछिल्लो समय मलेसियामा कोरानाको संक्रमण नियन्त्रणउन्मुख देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मलेसियामा प्रतिमहिना औषत २३ नेपालीको मृत्यु
मलेसियामा अबैधानिक रुपमा बसेका नेपालीलाई स्वदेश फर्कने अवसर
मलेसियाको जोहोर राज्यमा पिएनसीसी को हेल्पडेक्स
काबुलमा नेपालीको सस्तो मृत्यु