रुवाई रुवाई थकाइसक्यौ (प्रधानमन्त्रीको कवितालाई कविता बाटै खण्डन )


जनतामा चौतर्फी नैरश्यता छायो खै तिम्रो गणतन्त्रले के नै पो ल्यायो ?

जतासुकै भ्रष्टाचार र लुटतन्त्र मिलीजुली सधै खाने कस्तो गणतन्त्र ।

मापदण्ड बिपरित खनिएका बाटा बिकाशको नाममा मोटाए टाठाबाठा

भैंसी र बाख्रा देखि ठेलागाढा सम्म कर

जनतालाई अब तिम्रो केही छैन भर ।

स्वाधीनता बिनाको स्वतन्त्रता कहाँ छ तिम्रो न्याय र समानता ?

लुटिए हजारौं निर्माला जस्ता नारी

खै त तिम्रो जनताप्रतिको जिम्मेवारी ।

चपाउने दात लुकाई लुकाई खायौं

कालापानी लुपुलेक बेचेर भन के पायौं

लेख्दाबोल्दा पक्रि हाल्ने कस्तो जनतन्त्र

तिमी संगै राख अब तिम्रो गणतन्त्र

उखान टुक्का सुनाएर लुट्नु सम्म लुट्यौ

एकताको नाम गरि भित्रभित्रै फुट्यौ

नभएका कुरा गर्दै किन बन्छौ कवि ?

जनताले बुझिसके तिम्रो भित्री छवि !

देशसंगै जनतापनि अब जलाई सक्यौं !

रुवाइ रुवाई जनतालाई फेरि गलाइसक्यौ !! २

**********************************************************************


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

‘उ आउन त आई´ (गजल )
यहाँ भित्रको बिचित्रता
बिहानै पाथिभरामाताको दर्शन गर्दै हेर्नुहोस आजको राशिफल
आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै