इलाममा शव जल्दा जल्दै बाढीले बगाएपछि… (भिडियाे)


इलाम, वैशाख १५ । भिरबाट लडेर मृत्यु भएका छिमेकीको शव स्थानीय खोलामा लगेर जलाउन सुरुमात्र गरिएको थियो, नसोचेको बाढी आयो ।

अन्तिम दाहसंस्कारका लागि तयार गरिएको थियो । शनिबार दिउँसो अढाइ बजेतिर होला इलाको फाकफोकथुम गाउँपालिकाको २ र ३ को सिमानामा रहेको खप्परे घाट नजिकको भिरबाट खसेर स्थानीय ४१ वर्षीय तिरमान लकान्द्रीको ज्यान गएको थियो ।

मृतकको शरीर फेला परेपछि कानुनी प्रक्रिया पूरा गर्न प्रहरीले शवलाई पोस्टमार्टमका लागि लगेको थियो । अन्तिम संस्कार पनि सोही घाट नजिक रहेको खोलामा गर्ने भएपछि आफन्तले त्यसतर्फ लगेका थिए ।

अन्तिम संस्कारकोे तयारी सकिएपछि उनलाई दाग बत्ती परिवारले दिएका थिए । तर, दाग बत्ती दिएको २ मिनेट नबित्दै नसोचेको बाढी आयो, स्थानीयबासी तथा राससका पत्रकार गोविन्द लामिछानेले भने, घाम लागिरहेको थियो, पानी पर्ने छाँटकाँट नै थिएन ।

बाढीले हेर्दा हेर्दै लकान्द्रीको शव केही क्षणमै बगाएर लग्यो । दाह संस्कारमा पुगेका आफन्त र मलामी के गर्ने, कसो गर्ने भन्नेमै अन्योलमा परे । बाढी नरोकिएपछि उनीहरु घर फर्किएका थिए ।

पत्रकार लामिछानेका अनुसार घाट नजिक पानी पर्ने संकेत थिएन । माथि सिरानतिर परेको हुनसक्ने उनको भनाइ छ । अहिले रातको ८ बजे पनि बाढी नरोकिएको उनले जानकारी दिए ।

अहिले पनि उक्त घटनालाई स्थानीयले अचम्म मानिरहेका छन् । लकान्द्रीको शव कहाँ पुग्यो, कस्ता अवस्थामा होला ? भनेर चिन्तित छन् ।

हेर्नुहोस् भिडियो..


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

उर्लाबारीमा बन्चरो प्रहार गरी श्रीमतीको हत्या
खोटाङमा निजी आवास पुनःनिर्माणको काम ७५ प्रतिशत सकियो
प्रदेश लोकसेवा आयोगको गरिमा संस्थाको निष्पक्षता छ : प्रदेश नं १ प्रमुख अधिकारी
झापामा मध्यावधि निर्वाचनको तयारी सुरु, चारवटा मतदान स्थल थप्ने निर्णय