आमा !


    कृष्ण ढकाल

जब म तिम्रो पेटमा थिए, मेरो पहिला पाइलाहरु पनि त्यहीँबाट सुरु भए !

त्यसैले त तिमी यो धर्तीभन्दा पनि महान छौँ आमा ।

तिम्रै पेटको छाहारीमा जब म आफुलाई सबैभन्दा सुरक्षित महसुस गर्दथे !!

तबदेखि नै तिमी यो गगनभन्दा पनि माथि छौँ आमा ॥

मलाई जन्म दिन.. तिमीले सहेका ती प्रसव पिडाहरुलाई भलै मेरो शब्दकोषले बयान गर्न नसकुला !!

तिमीले गरेको त्यो अटुट स्नेह र प्रेमलाई भलै म मेरो छाति चिरेर देखाउन नसकुला !!

तर संसारमा कुनै एकमात्र वस्तुको माहान अस्तित्व हुन्छ भनेर कसैले सोध्छ भने,

म खुलेआम छाति फुलाएर भन्न सक्छु त्यो तिमीमात्र हौँ आमा ।

तिमीले मेलापात गरेर ल्याएको चामल सबै मैले थपिथपि खाइदिएपछि,

पानी मात्र पिएर तिमीले कटाएका ती तिम्रा कयौं रातहरु सम्झिरहन्छु आमा ।

तिमीले, १/१ रुपैयाँ जोहो गरेर मेरो शरिरमा लुगाहरु फेर्दिरहदा तिम्रा ती आफ्ना इच्छाहरु दवाउदै फाटेको चोलो र गुन्यु.. टालेर लागएको सम्झिरहन्छु आमा ॥

कहिलेकाही म बिरामी पर्दा , रुदैरुदै रात भर अनिदो बसेर भगवानको भाकल गर्दै मेरो टाउको सुस्मसुम्म्याई रहेको सम्झिरहन्छु आमा ।

मैले पढ्ने किताब र कापी किन्न तिमीलाई मनपर्ने तिम्रो प्यारो बाख्रो बेचिरहदा तिमीले गहभरी आँसु पार्दै ,मेरो भबिष्यका लागि तिम्रा खुसीहरु बेचिरहेको सम्झिरहन्छु आमा ।

तिम्रो त्याग र बलिदान सामु भलै म केही गर्न नसकुला आमा !!

तर आज कसम खाएर भन्छु , तिम्रो दसधारा दूध र रगतबाट सिंचिएको यो शरिरले तिमीलाई कहिल्यै वृद्धआश्रम पुर्याउने छैन आमा !

तिमीले नै बोल्न सिकाएको यो मुखबाट वचनका बाणहरुले तिम्रो मुटु फुटाएदै तिमीलाई धुरुधुरु कहिल्यै रुहाउने छैन आमा !!

जस्तो जे पाक्छ , त्यो बाढिचुढी खाउला मैले मेरा सन्तानलाई मीठो मसिनो खुवाएर तिमीलाई कहिल्यै खस्रो खुवाउने छैन आमा !!

जबजब तिमी बूढो हुदै जान्छ्यौ तबतब म आफुलाई मेरो बाल्यकालतिर ढाल्दै जानेछु ।

तिमीले मलाई गरेर स्याहारसुसार सम्झि सम्झि , तिम्रोपनि त्यसरी नै ख्याल गर्दै जानेछु ॥


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

‘उ आउन त आई´ (गजल )
यहाँ भित्रको बिचित्रता
बिहानै पाथिभरामाताको दर्शन गर्दै हेर्नुहोस आजको राशिफल
आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै