संकटका बेला अष्ट्रेलियामा नेपालीलाई साथ दिदै ‘नेप्लिज इन एडिलेड’


अनिल उपाध्याय (हाल अष्ट्रेलिया)

‘नेप्लिज इन एडिलेड’ साउथ अष्ट्रेलियाको एडिलेडमा नेपाली समुदायलाई सहयोग गर्न भनी स्थापित भएको एक सामाजिक संस्था हो । सन् २०१९ मा केही नेपाली युवाहरूको पहलमा स्थापना भएसँगै विद्यार्थीको हकहितमा काम गरेको संस्थाले हाल महामारीको रुपमा रहेको कोरोनाका कारण अप्ठ्यारो अवस्थामा रहेका नेपालीलाई सहयोग गर्न क्रियाशील छ ।

कोरोना भाइरसका कारण विश्व आक्रान्त भएको छ । यस विषम अवस्थाको सामना अष्ट्रेलियामा रहेका नेपालीले पनि गरिरहेका छन् । जसको असरबाट यहाँ रहेका विद्यार्थीलाई अछुतो रहेनन् । भर्खरै नेपालबाट आएका विद्यार्थीहरुलाई आर्थिक तथा मानसिक तनाव परेको छ । यस्तो अवस्थामा उनीहरुलाई साथ दिन, दुःखमा परेका विद्यार्थीको उद्दारका निम्ति ‘विद्यार्थी सहयोग कार्यक्रम’ सञ्चालन गरिरहेको छ । संस्थाको तर्फबाट संस्थाका सदस्यहरुले केही आर्थिक राहत संकलन गरेका छन् ।

अष्ट्रेलियामा रहेका मनकारी सामाजिक सदस्यहरुले पनि आफ्नो तर्फबाट आर्थिक सहयोग गर्दै आउनु भएको छ । यसबाट संकलन भएको रकमले राहत सामाग्रीहरु किनेर पीडितलाई पुर्याउने काम भइरहेको छ । सुरुवाती चरणमा यसले पनि दुःख पाएका नेपालीहरुको घाउमा मलम लाग्ने विश्वास संस्थाको छ ।

हालसम्म १० जनालाई कम्तीमा १ महिना पुग्ने खाद्य सामाग्री उपलब्ध गराइसकेको छ । अझै यस कार्यलाई निरन्तरता दिदैँ सहयोग गर्नेलक्ष्य संस्थाले लिएको छ ।

विगतमा विद्यार्थीलाई ‘फ्री एयरपोर्ट पिकअप’ देखि कोठा, काम खोज्नमा सहयोग गर्दै आएको छ । यस संस्थाले नेपालबाट एडिलेड भएर आएका नेपाली दाजुभाई दिदीबहीनीहरुलाई एकत्रित गर्न वनभोज कार्यक्रम पनि आयोजना गरेको थियो । यसैगरी सामुन्द्रीक तटमा पौडी खेल्ने क्रममा ज्यान गुमाउने नेपालीको संख्या वृद्धि भएपछि अकालमा असावधानीका कारण नेपाली विद्यार्थीहरूले ज्यान गुमाउन नपरोस् भन्ने उद्धेश्यले सचेतना कार्यक्रमको आयोजना पनि गर्दै आइरहेको छ ।

यस संस्थामा अध्यक्षका रूपमा प्रकाश गैरे, सचिवमा दिव्या भट्टराई लगायत अन्य १८ युवाहरु कार्यसमितिमा हुनुहुन्छ । यो संस्था अष्ट्रेलियामा आधिकारिक रूपमा दर्ता भई क्रियाशील भइरहेको समेत जानकारी गराउँदछु ।

यसरी एडिलेड जस्तै विभिन्न सहरहरुमा मनकारी नेपालीहरू तथा नेपालभाषी भुटानी समुदायहरूले पनि विद्यार्थीहरुका निम्ति सहयोग र राहत वितरण गरिरहनु भएको छ । धेरैले समाजमा चर्चा नगरी नै सहयोग गर्ने गरेको पाईन्छ । विभिन्न कन्सल्टेन्सिहरुले पनि उनीहरू मार्फत आएका नयाँ विद्यार्थीहरुलाई राहत दिईरहेका छन् ।

यहाँ सामाजिक संजालमा आए जस्तो भोकमरीले नेपाली विद्यार्थीहरूको कन्ति विजोक छैन । हतासमा चर्चा कमाउन र मिडियामा छाउन केहीले भ्रम सिर्जना गर्ने गरेको भए नेपालमा रहने अभिभावकहरूलाई हाम्रो एउटै आग्रह छ, तपाईहरू सुरक्षित रहनुहोस्, तपाईका छोराछोरी हाम्रा भाईबहिनी हुन् र कसैलाई साह्र्रो गह्र्रो छ भने हामीलाई सम्पर्क गर्न लगाउनुहोस् । हामी सदैव समाजिक सेवामा तल्लिन छौँ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मेरी हजुरआमा…
आखिर जातीय विभेद किन ?
कृषिमा लकडाउनको प्रभाव
कोरोनालाई जितेका झापाका आलम भन्छन्,– संयमता अपनाऔं, आत्तिनु पर्दैन