युएर्इमा दलालकाे जालमा यसरी फँसे रुजन, उपचार गराउँदा जागिर नै चट


रुपेश अधिकारी

युएई, कार्तिक १९ । एघार महिनाअघि भिजिट भिषामा युएई आएका झापा जलथलका रुजन बनले रोजगारी पाउन ठूलै संघर्ष गर्नुपर्यो। काठमाडौंमा रहेको एक कन्सल्ट्यान्सीमार्फत कामका लागि आएका उनीसँगैका अन्य तीन जना शुरुमै दलालको फन्दामा परे।

उनीहरुलाई काठमाडौंका सुदर्शन खतिवडाले यएईमा माया राईको रोहबरमा रोजगारी दिलाइदिने भनेर पठाएका थिए। खतिवडाले भनेअनुसार उनीहरुलाई यहाँ एयरपोर्टमा मायाका मान्छे रिसिभ गरेका थिए।

त्यसपछि उनीहरुको साथमा रहेको १ हजार डलर (१ लाख १० हजार रुपैयाँ) दिएमात्रै उनीहरुको काम गरिदिने मायाले बताइँन्। तर, काम नपाई पैसा नदिने उनीहरुले बताएका छन्।

पैसा नदिए खान बस्न र रोजगारीको व्यवस्था नगर्ने मायाले बताएपछि खतिवडालाई सम्पर्क गरेर उनले भनेबमोजिम उक्त रकम मायालाई दिइयो। राईले बाँकी रहेको पैसापछि फिर्ता दिने बताएकी थिइन्। त्यसपछि अजमानको एक रुममा उनीहरुलाई राखियो।

एक रुममा १७ जनासँग बस्नु परेपछि उनीहरु झनै आक्रोशित बने। ५ दिनपछि उनीहरुलाई अन्तरवार्तामा बोलाएको थियो। यही रहेका अर्का एजेण्ट मोहन शिवाकोटीमार्फत उनीहरुलाई अन्तरवार्ता दिन लगियो। चारै जना अन्तरवार्तामा पास पनि भए।

भोलिदेखि काममा जाने भनेर मायाले रुम पठाइँन्। तर, त्यसपछि उनले सम्पकै गर्न छोडिन्। पाँचदिन पछि रुजन मायाको अफिस पुगे। मायालाई दबाब दिएपछि उनले भोलिपल्टै कामका लागि एक होटलमा पठाइन्।

१२ सय तलब दिने भनेर अन्तरवार्तामा पास भएको तर अफर लेटरमा ९ सय तलबमा सही छाप गर्न लगाएपछि रुजनको आक्रोश चुलियो। उनले त त्यही तलबमा काम नगर्ने बताएका थिए।

‘नेपालमा गरिएको सम्झौता अनुसारको काम किन भएन?,’ रुजनले प्रश्न गरे। त्यति रकममा काम नगर्ने बताएपछि नेपालमा भनेको कुरा नगर्न भन्दै मायाले उल्टै हप्काएको उनले सुनाए। त्यतिमा काम नगर्ने बताएर पास भएको कम्पनीको काम छोडे।

मायाले अरुका समस्या देखाएर कन्मिन्स गराएपछि उनी १ हजार दिराम तलब दिए त्यही होटलमा काम गर्ने मनसायमा पुगे। तीन महिनापछि १ हजार तलब दिने मेनेजरले बताएका थिए।

डिसेम्वरको महिना रमदानको समय थियो। रुजन बिहान सबेरै उठेर काममा व्यस्त थिए। उनले ग्राहकका लागि नास्ता लिएर जाँदै थिए। तर, भुइँमा चिप्लिएर लडे। उनको दाहिँने हात मर्कियो। हातको उपचार गर्ने बताउँदा मालिकले भिजिटमा आएको होस् भिषा नलागेसम्म केही हुँदैन भनेर गाली गर्यो।

यो कुरा मायालाई जानकारी गराउँदा उनले केही समय काम गर्न आग्रह गर्दै सेलरी आएपछि जान भनिन्। तर, उनले एकदिनको छुट्टी मिलाएर अलकोचमा रहेका एक दाईको सहयोगमा उपचार गराए। उपचार पश्चात काममा जाँदा मालिकले अब काममा नआउनु भनेपछि उनी तनावमा परे।

त्यसपछि एजेण्ट मायाले उल्टै गाली गरिन्। यहाँ काम पाउन कति गाह्रो छ, काम गरिरहेको ठाउँ किन छोडेर हिँडेको टेलिफोनमा मायाले यसै भनिन्, उनले सुनाए।

रिसले आगो भएका रुजनले आफ्नो खर्च कटाएर बाँकी पैसा दिन भने। मायाले अहिले दिन नसक्ने बताएर फोन राखिन्। उनी फेरि उनको अफिस पुगे र पैसा मागे। एक सय रुपैयाँ लिएर त्यहाँबाट आए।

झापा दमक निवासी माया राई अजमानमा असील कम्पनी सञ्चालन गरेर बसिरहेकी छिन्। उनले लेडिज सप्लायर्स् कम्पनी सञ्चालन गरिरहेकी छन्। उनको कम्पनीमा भेडाबाख्रा जसरी लेडिजहरुलाई राखिएको प्रत्यक्षदर्शी रुजनले बताएका छन्।

रिजवानको नेपालमा एक लाख ५० हजार र यहाँ एक हजार डलर गरी करिब २ लाख ६० हजार रुपयाँ खर्च भएको छ। त्यसमा नेपालमा खर्च भएको पैसा भिषा र टिकटमा खर्च भएपनि यहाँ आएर मायालाई दिएको पैसा फिर्ता पाउनुपर्ने उनको माग छ।

माया राईलाई टेलिफोन सम्पर्क गर्दा वास्ता नगर्ने र हरेक पटक केही न केही बहाना बनाउने गर्दै आएकी छिन्। अहिले मायाले मोहन शिवाकोटीले पैसा लगेको देखाएर आफू पन्छिन खोजको पीडित बनले बताएका छन्। मायाको आग्रहमा आफूले अन्तरवार्ता दिन मात्र लगेको शिवाकोटीले बताउने गरेका छन्।

रुजन पनि मोहनसँग आफ्नो कुनै सरोकार नभएको बताउँछन्। उनीसँगै आएका अन्य तीन जनामा २ जना यसअघि रुजनले काम गरेको होटलमा काम गरिरहेका छन्। अर्का एक जना नेपाल फिर्ता गएका छन्। दाईसँग बस्दै उनले विभिन्न ठाँउमा जागिरको खोजी गरे। केही समयपछि उनले लाइफगार्डमा काम पाए।

लाइफगार्डमा काम गर्न थालेपछि उनलाई केही सहज भएको छ। तर, अब मायालाई दिएको १ हजार डलर (१लाख १० हजार रुपयाँ) उठाउन उनलाई चिन्ता छ।

उसलाई पैसा दिएको अन्य प्रमाण नभएपनि अफिसको क्यामरामा कैद भएकाले क्यामेरा फुटेजमा प्रमाण भएको उनले बताएका छन्। फसेको पैसा उठाउन अहिले उनले युएईमा रहेका सामाजिक व्यक्ति र संघ संस्थाहरुसँग मायाबाट पैसा उठाइदिन आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मलेसियामा प्रतिमहिना औषत २३ नेपालीको मृत्यु
बन्दाबन्दीले बसाल्यो आन्तरिक पर्यटनको जग
सय गन्तव्यमा परेको पटेक डाँडा पर्यटकको प्रतिक्षामा
काँकडभिट्टा नाकामै बन्यो पर्यटक लोभ्याउने देवकोटा पार्क