आछामीले बाडेँ ५० विपन्न परिवारलाई खाद्यान्न


झापा, चैत १५ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न सरकारले ‘लकडाउन’ गरेका कारण समस्यामा परेका अतिविपन्न, गरिब तथा दैनिक ज्यालादारी गरी जिविका धान्दै आएका परिवारलाई झापाका एक युवाले दैनिकजसो खाद्यान्न सामाग्री वितरण गर्दै आएका छन् ।

झापाको मेचीनगर–१२, कालीझोडाका दीपेन्द्र आछामीले जिल्लाका विभिन्न स्थानका अतिविपन्न, गरिब तथा दैनिक ज्यालादारी गरी जिविका धान्दै आएका परिवारलाई ‘लकडाउन’ भएको दिनदेखि दैनिकजसो कम्तीमा १० परिवारलाई खाद्यान्न वितरण गर्दै आएका हुन् ।

आछामीले प्रति परिवार पाँच किलो चामल, एक किलो दाल, आधा लिटर खानेतेल लगायतका खाद्य सामग्री वितरण गरेका हुन् । उनले शनिबार मात्र बिर्तामोड–५ को सुकुम्बासी १० घरपरिवारलाई खाद्यान्न सामाग्री वितरण गरेका थिए । हाल सम्म उनले कम्तीमा ५० घरपरिवारलाई सहयोग सामाग्री वितरण गरिसकेको जानकारी दिए । उनले समस्यामा परेका १ सय ८० जनालाई रिचार्ज कार्डको समेत व्यवस्था गरिसकेका छन् । ‘लकडाउन’ भरि सहयोग जारी राख्ने समेत उनले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

झापामा भारी बर्षा : तटबन्ध र ढल निकासको उचित व्यवस्थापन नहुँदा जतात्यतै जलमग्न, सयौँ घर डुबानमा
बन्चरो प्रहार गरी भाईको हत्या गर्ने दाजु पक्राउ
यस्तो छ भद्रपुरमा ५०९४ मतगणनाको परिणाम
कनकाईको मेयरमा स्वतन्त्र उम्मेदवार थापाले अझै बढाए अग्रता