अलैँचीको मूल्य बढ्यो, किसान हर्षित


ताप्लेजुङ, पुस २९ । अलैंचीको मुल्य प्रतिमन १२ हजारले बृद्धि भएपछि किसानहरु उत्साहित बनेका छन् । ताप्लेजुङसहित पूर्वी पहाडि जिल्लामा उत्पादित अलैंचीको बजार मूल्यमा केही सुधार आएको किसान उत्साहित बनेका हुन् ।

विगतका वर्षमा प्रतिमन एक लाख रुपैयाँसम्ममा बिक्री भएको अलैंचीको मूल्य घटेर यो वर्षको सुरुमा २५ हजारमा झरेको थियो । अलैचीको मुख्य बिक्री स्थल मानिएको झापाको बिर्तामोडमा अहिले उच्च गुणस्तरको अलैंची प्रतिमन ३७ हजार रुपैयाँसम्ममा कारोबार हुन थालेको अलैंची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष बालमणि बरालले बताए ।

पूर्वी जिल्लामा उत्पादित अलैंची झापाको विर्तामोडमा संकलन गरी भारतीय बजार हुँदै विभिन्न देशमा बिक्री गर्न पठाइने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा अन्य मुलुकमा उत्पादित अलैंची सकिएकाले नेपालको उत्पादनले केही मूल्य पाउन थालेको अलैंची व्यापारीहरु बताउँछन् ।

यसअघि लगातार अलैंचीको मूल्यमा गिरावट आउँदा किसान मारमा परेका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

काँकडभिट्टा नाकाबाट सवा २ करोडको जडीबुटी निर्यात
‘मेरो शेयर’को पासवर्ड बिर्सिनु भयो ? यसरी गर्नुहोस् रिसेट
तेह्रथुम पावरको आइपीओ खुल्यो, कहिलेसम्म दिने आवेदन?
मानुषी लघुवित्तकाे आईपीओ बाँडफाँड गर्ने तयारी, कति जनाले पाउँदै छन् ?