समीटको नाफा ७६ करोड


झापा, पुस २८ । झापाको बिर्तामोडमा प्रमुख कार्यालय रहेको समीट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडले ७६ करोड ९२ हजार नाफा कमाएको छ ।

बिर्तामोडमा शुक्रबार सम्पन्न बैंकको नवौं वार्षिक साधारण सभामा प्रस्तुत प्रतिवेदन अनुसार बैंकले लक्ष्य भन्दा १ सय २५ प्रतिशत मुनाफा गर्न सफल भएको हो । बैंकले चालु आर्थिक वर्षको यो अवधीमा ५० करोड निक्षेप संकलन गरेको छ । बैंकले ४० करोड मात्रै निक्षेप संकलन गर्ने लक्ष्य लिएको थियो । त्यस्तै बैंकले हालसम्म ६ अर्ब ५ करोड रुपैयाँ कर्जा लगानी गर्न सफल भएको बैंकका अध्यक्ष तिर्थराज ढकालले जानकारी दिनुभयो । २२ हजार २४ ऋणी रहेको बैंकको हालसम्म ३६ हजार चार सय सेवाग्राही रहेका छन् । झापा लगायत १० जिल्लामा सेवा पु¥याएको बैंकले ३४ वटा शाखा विस्तार गरिसकेको छ ।

साधारण सभामा कार्यक्रमका प्रमुख अतिथी आन्तरीक राजश्व कार्यालय झापाका प्रमुख बोलराज आचार्यले उत्कृष्ट कर्मचारी तथा विभिन्न विधामा सदस्यलाई पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

काँकडभिट्टा नाकाबाट सवा २ करोडको जडीबुटी निर्यात
‘मेरो शेयर’को पासवर्ड बिर्सिनु भयो ? यसरी गर्नुहोस् रिसेट
तेह्रथुम पावरको आइपीओ खुल्यो, कहिलेसम्म दिने आवेदन?
मानुषी लघुवित्तकाे आईपीओ बाँडफाँड गर्ने तयारी, कति जनाले पाउँदै छन् ?