रत्ननगर महोत्सव सुरु


चितवन, पुस २७ । पूर्वी चितवनको गौरब र गरिमाका रुपमा रहेको ‘रत्ननगर महोत्सव–२०७४’ सुरु भएको छ । महोत्सवको एक भव्य समारोहका विच उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङले एक भव्य समारोहका विच गर्नुभएको छ ।

सो अवसरमा बोल्दै उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल लगानीको लागि भर्जिन ल्याण्ड रहेको बताउनुभएको छ । नवौ रत्ननगर महोत्सब उद्घाटन गर्दै पुनले नेपालमा अब स्थायी सरकार आउने र लगानीका प्रसस्त ढोकाहरु खुल्ने र यसका निम्ति यहा लगानीको प्रसस्त अवसर रहेको बताउनु भएको हो । उहाले चितवन समृद्ध भए मात्र देश समृद्ध हुने भन्दै आर्थिक क्षेत्रमा चितवनलाई विशेष प्राथमिकता दिन सरकारलाई सचेत गराउनु भएको हो ।

महोत्सवमा यो पटक प्रमुख आकर्षणको रुपमा महोत्सव परिसरमा धरहरा निर्माण गरिएको छ । मौलिक पहिचान झल्कने गरी धरहरा निर्माण गरिएको हो । महोत्सव मूल आयोजक समितिका संयोजक तथा रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले धरहरा चढेर दृश्यावलोकन गर्न सकिनेगरी बाँसबाट निर्माण गरिएको जानकारी दिए । महोत्सवले समग्र जिल्लाको अर्थिक विकास टेवा पुगेको उनले बताए ।

महोत्सवमा ५ लाख र्दशकले अवलोकन गरि ५० करोडको कारोबार हुने अपेक्षा गरेको महासचिव निराजन खनालले जानकारी दिए । पुस २७ गते देखि माघ ५ सम्म चल्ने महोत्सवमा ४ सय ५० स्टल रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

काँकडभिट्टा नाकाबाट सवा २ करोडको जडीबुटी निर्यात
‘मेरो शेयर’को पासवर्ड बिर्सिनु भयो ? यसरी गर्नुहोस् रिसेट
तेह्रथुम पावरको आइपीओ खुल्यो, कहिलेसम्म दिने आवेदन?
मानुषी लघुवित्तकाे आईपीओ बाँडफाँड गर्ने तयारी, कति जनाले पाउँदै छन् ?