होला त स्ववियु निर्वाचन ?


विद्यार्थी आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको स्वतन्त्र विद्यार्थी युनियनको आसन्न निर्वाचनले देशभरिकै क्याम्पसहरूको माहोल तातिरहेको बेला विद्यार्थी सङ्गठनहरूकै अर्कमण्यताका कारण चुनाव हुनेनहुनेबारे फेरि पनि आशङ्का पैदा भइरहेको छ । स्ववियु यस्तो थलो होस जहाँबाट प्रमुख राजनीतिक दलरूले होनहार कार्यकर्ता र नेता पाइरहेको इतिहास छ । मिनि संसदका रूपमा समेत हेरिने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनले देशभर नै राजनीतिक तरङ्ग ल्याउने गर्छ ।

देशका विभिन्न विश्वविद्यालय तथा क्याम्पसमा हुने निर्वाचनको तथ्याङ्कलाई आधार मानेर राजनीतिक पार्टीको हैसियतलाई समेत पनि मूल्याङ्कन गरिने हुँदा पनि स्ववियु चुनावले विशेष अर्थ राख्दछ । तर यति धेरै महत्व बोकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई स्थगित गरेर बेलाबखतमा घाँटी थिच्ने काम पनि विद्यार्थी सङ्गठनहरूबाटै भइरहेकोे आरोपसमेत लाग्ने गरेको छ ।

निरङ्कुश राजतन्त्रात्मक शासन प्रणाली भएको समयमा पनि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने गर्दथ्यो । पञ्चायत कालमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनले तथा विद्यार्थी राजनीतिले छलाङ नै मारेको भन्न सकिन्छ । तत्कालीन समयमा हरेक दुई–दुई वर्षमा हुनुपर्ने निर्वाचन २०४०/४१ सालमा वर्षैपिच्छेसमेत भएको इतिहास छ । राजनीतिक परिर्वतनका कारण ०४७ सालमा नभएको स्ववियु निर्वाचन देश बहुदलीय व्यवस्थामा प्रवेश गरेसँगै लामो समयसम्म सम्पन्न हुन सकेन । यसको मुख्य कारण विद्यार्थी सङ्गठनले आफ्ना मूल मुद्दालाई लात मारी राजनीतिक मुद्दामा ध्यान केन्द्रित गर्दै गुण्डागर्दी, अनुशासनहीनता, अराजकता तथा अनियमितताजस्ता कुरामा सङ्गठन र कार्यकर्तालाई लिप्त बनाई राख्नु रहेको बताइन्छ ।

एक समय राजनीतिक आन्दोलनमा प्रमुख भुमिका खेलेका विद्यार्थी संगठनहरू आन्तरिक किचलो, झै–झगडा, गुन्डागर्दीमा आफ्नो सम्पूर्ण समय व्यतीत गरेकाले उनीहरूको पक्षमा अनुकुल चुनावी वातावरण नबन्ने हुँदा चुनाव नै गराउन चाहँदैनन् भन्ने आम विद्यार्थी तथा सरोकारवालाहरूको बुझाइ रहेको पाइन्छ । जसको कारण अहिलेपनि चुनाव हुने कुरामा आशंका छ र विद्यार्थी संगठनहरू तथा सरोकारवाला विश्वविद्यालय समेतले यी आशंकाहरूको चिरफार गर्न सकिरहेका छैनन् ।

केही विद्यार्थी संगठनहरू यस्ता पनि छन् विभिन्न गुट तथा उपगुट बनाएर आफैँमा आरोप प्रत्यारोपणमा उत्रिने र स्ववियु निर्वाचनलाई प्रभावित पारी चुनाव नगराउने नियतबाट पनि विद्यार्थी संगठनहरू मुक्त हुन सकेका छैनन् । आन्तरिक मामिलालाई समाधान गर्न नसक्ने विद्यार्थी संगठनका कारणले समेत स्ववियु निर्वाचन प्रभावित हुने गरेको पाइन्छ । यसको प्रभाव समग्र विद्यार्थीको एजेण्डामा पर्ने निश्चित छ ।

आम विद्यार्थीहरू ठूला भनिएकै विद्यार्थी सङ्गठनका कारण नै चुनाव नहुने कुरामा ढुक्कजस्तै छन् । उनीहरू स्ववियु चुनाव गराइ स्ववियुलाई चुस्तदुरुस्त राख्न चाहन्छन् तर विगतका इतिहासले उनीहरूलाई घचघच्याइ रहन्छ र दिमागमा त्यही स्क्रिप्ट दोहोरिन्छः जिन्दावाद मुर्दावाद, कुटपिट, काटाकाट, मारामार क्याम्पस आगजनी र तोडफोड र परिणाम चुनाव स्थगित । त्यसै परिवेशमा हामिले केही  विद्यार्थी नेतृत्वलाई पटक–पटक स्ववियु निर्वाचन स्थगित भएको इतिहास छ, तपाईं यसपटक चुनाव हुनेमा कत्तिको आशावादी हुनुहुन्छ ? भनेर सोधेका छौँ । प्रस्तुत छ, उहाँहरुको धारणा…

रन्जित तामाङ–पूर्वअध्यक्ष, अखिल क्रान्तिकारी

स्ववियु निर्वाचन त्रिविको कार्यतालिका अनुसार नै शतप्रतिसत हुन्छ भन्न सकिन्छ । त्रिविले सम्बन्धित सबै पक्षसंग छलफल गरिसकेको छ । नेविसंघ पनि संस्थागत रूपमै निर्वाचनमा जाने छलफल त्रिविसँग गरेको जानकारी हामीलाई प्राप्त भएको छ । त्यसकारण चुनाव जसरी पनि हुन्छ स्ववियु निर्वाचन नगर्नु पर्ने अब कुनै कारण छैन ।

सुनिता बराल–पूर्व उपाध्यक्ष, अनेरास्ववियु 

लामो समयदेखि स्ववियु निर्वाचन हुन सकेको छैन । ३ वर्ष अघि पनि चुनाव हुने सबै क्याम्पसमा हामीले चुनाव गर्न सकेनौँ । अहिले हामी सबै क्याम्पसमा चुनाव गराउनुपर्छ भन्ने हाम्रो मान्यता हो । चुनाव हुन्छ कि हुँदैन भन्ने भन्दा पनि कसरी सौहार्दपूर्ण वातावरणमा चुनाव सम्पन्न गराउने भन्ने कुरामा ध्यान केन्द्रित गर्नुपर्छ  । त्यसकारण चुनाव जसरी पनि हुन्छ स्ववियु निर्वाचन गर्नुकाे बिकल्प छैन ।

मिनीसंसदु मानिने स्ववियुमा ईतिहासमा संधै बर्चस्वमा रहेका मुलुककै दुई शक्तिशाली संगठनहरुको एकता पछि पहिलोपटक मुलुकभरका ६२ आंगिकसहित सम्पुर्ण एक हजार ५१ वटै क्याम्पसको स्ववियुमा अनेरास्ववियूको झण्डा फहराउने छौं। नेबिसंघसँग १०५२ औं मा प्रतिस्पर्धा हुनसक्छ।’

भास्कार खनाल–अनेरास्ववियू, केन्द्रिय निर्वाचन आयोग प्रमुख 

अवको विद्यार्थी आन्दोलन राजनितिक नभई शैक्षिक संस्था सुधारकेन्द्रित हुने बताउदै, विद्यार्थी आन्दोलनको औचित्य समाप्त नभएको बतायदै सम्पूर्ण विश्वविद्यालयलाई समयानुकुल विश्वबजारमा प्रतिस्पर्धा गर्न सकने , नेपालको जल, जमिन, जगंल र अन्य प्राकृतिक सम्पदालाई प्रयोगमा ल्याउन सक्ने जनशत्ति उत्पादन गर्न योजना र पाठ्यक्रम बनाउने कुरामा आवाज उठाउनु पर्छ । र अब आउदै गरेको चुनाबको कुनै विकल्प नभए र समय मै सबैजना मिली चुनाबमा होमिन सम्पुर्णमा अनुरोध गर्दैछु

नवीन पहाडी–महेन्द्र मोरङ बहुमुखी क्याम्पस

अब पनि कुनै बहानामा स्ववियु निर्वाचन नहुने हो भने समग्र शौक्षिक क्षेत्रका तमाम समस्याहरु झन विकराल बन्दै जाने खतरा छ। विश्वविद्यालयहरुको दुषित राजनीतिक खेल, शौक्षिक क्षेत्रका तमाम भ्रष्टाचार, विकृति ईत्यदी कुराको अनत्य र व्यवहारीको,व्यवसायीक शिक्षाको प्रभावकारीता लाई मुर्तरुप दिने कुरा देशभर स्ववियुको पुर्णतयाले मात्रै सम्भव छ। विद्यार्थीका अधिकार हक हितका खातिर सतिशाल बनेर उभिने निकायको रुपमा रहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको विकल्प अहिले अवस्थामा नरहेको मलाई लाग्छ।

असोक खतीवडा–मेची बहुमुखी क्याम्पस

राष्ट्रियको प्रज्ञिक जमात विधार्थी यिनै विधार्थीको काधमा राष्ट्रको आज र भोलिको झनै महत्त्वपूर्ण जिम्मेवारी त्यहि जिम्मेवारी लिन सक्ने कुशल बनाउने आधार स्तम्भ स्वतन्त्र विधार्थी युनियनको आसन्न निर्वचनको सन्दर्भमा प्रस्तावित कार्यतालिका आईसकेको अवस्थामा केहि विधार्थी संगठन आन्तरिक किचोलो, गटगत मनोवृत्ति लगायतको कुराले निर्वाचनलाई पुन निर्णयको बन्दी बनाउन खोजिरहेका छन् ।

स्वतन्त्र विधार्थी युनियनको नितान्त विधार्थीका हकहित र अधिकार स्थापित गराउने तथा युवा विधार्थीको क्षमता,व्यक्तित्व विकाश गर्ने एक मात्र आधार स्तम्भ भएकाले कुनै पनि संगठिनिक स्वार्थ र बहानामा निर्वाचन अन्योल बनाईनु हुन्न र तोकिएकै मितिमा निर्वाचन गराईपर्छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

‘प्रधानमन्त्रीले अधिनायकवाद र सर्वसत्तावादी बाटो रोजे’
‘संघीयता चाहिँदैन, राजतन्त्र नफर्की मुलुक बन्दैन’
यो झापा हो !
मेरी हजुरआमा…