दमक महोत्सव सुरु


दमक, पुस २७ । झापाको दमकमा आजदेखी दमक महोत्सव सुरु भएको छ । प्रदेस सभा सदस्य अर्जुन रार्इले महोत्सवको उद्घाटन गर्नुभयो ।

महोत्सवको उद्घाटन माओबादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने भनिएपनि उहाँ आउनुभएन । मौसमको कारण हवाइ उडान नहुदा दाहाल नआएको बताईएको छ ।

पुस २७ देखि आगामी माघ ८ गतेसम्म सञ्चालन हुने महोत्सवको पहिलो दिन स्टलहरु आउने क्रम जारी रहेको छ । आयोजक दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालका अनुसार महोत्सवमा विभिन्न उत्पादन तथा प्रदर्शनीका २ सय स्टल रहेका छन् । दमक ७ स्थित सयपत्री टोलमा आयोजित महोत्सवलाई संघले स्थानीय उत्पादन, पर्यटकीय क्षेत्र तथा संस्कृतिको प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको बताएको छ । यद्धपी महोत्सवमा खेलतमासा र व्यापार हाबी छ । महोत्सवमा दैनिक विभिन्न कलाकारहरुले सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुति राख्ने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

दमकबाट चार लाखसहित १७ जना जुवाडे पक्राउ
पर्यटकको पहिलो गन्तव्य इलाम
मन्त्रिमण्डल विस्तार गर्दै मुख्‍यमन्त्री आचार्य
पाथीभरा मन्दिर असोज १ गतेदेखि खुला हुने