तस्विरमा हेर्नुस् ताप्लेजुङको कञ्चनजंगा आधारशिविर
ताप्लेजुङको कञ्चनजंगा आधारशिविर क्षेत्र पदयात्राको गन्तव्य हो । आठ हजार पाँच सय ६८ मिटर उचाइमा रहेको नेपालको दोस्रो र विश्वको तेस्रो कञ्चनजंगा हिमालको बेस–क्याम्पको पदयात्रा गर्न आन्तरिक र बाह्य पर्यटक यो क्षेत्र पुग्ने गर्दछन् । असोजदेखि मंसिर र चैतदेखि वैशाख आधारशिविर जाने मुख्य सिजनहरु हुन् । पर्याप्त पूर्वाधार नभए पनि यहाँको सौन्दर्यताले पर्यटकलाई आर्कषण गर्दै आएको छ । कञ्चनजंगाकै नजिक रहेको कुम्भकर्ण हिमाल, नेपाल पिकलगायत हिमाल र डाडाँकाडाँले पर्यटकलाई सदैव लाेभ्याउने गर्दछ । हेर्नुस तस्विरहरु…
तस्विरहरु : कैलाश गुरुङ/ईपूर्व