नेपाल र भारतबीच अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि भारतका कुस्तीबाजलाई


नवलपरासी,कार्तिक १९  । नवलपरासीमा जारी नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि भारतका कुस्तीबाजले संयुक्तरुपमा जितेका छन् ।

जिल्लाको सुस्ता गाउँपालिका वडा नं। ५ पक्लिहवाको ठाढीघाट मेलामा शनिबार सम्पन्न प्रतियोगितामा खेलको उपाधि भारतको गाजियाबादका ओमप्रकाश पहलवान र भारत महराजगन्ज शैलेस पहलवानले संयुक्तरुपमा जितेको हुन् ।

खेलमा प्रथम हुने विजेताले क्रमश रु ६ हजार नगदसहित एक थान टीभी सेट र प्रमाणपत्र प्राप्त गरेका छन् । यसैगरी खेलमा द्वितीय हुनेलाई रु ४ हजार, एक थान टीभी तथा तृतीय हुनेलाई रु २ हजारसहित एक थान साइकल प्रदान गरिएको थियो ।

विजेता कुस्तीबाजहरुलाई निवर्तमान् सांसद देवकरणप्रसाद कलवारले पुरस्कार प्रदान गर्नुभएको थियो । प्रतियोगितामा कुल ४२ जोडीले प्रतिस्पर्धा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार पुग्यो
विश्वभर ३२ लाखभन्दा धेरै संक्रमितको मृत्यु, दोस्रो लहरको ‘हटस्पट’ भारत
सबै तहका परीक्षा स्थगन गर्न सीसीएमसीको सिफारिस
भूकम्पमा भत्केको ६ वर्षपछि ठडियो ‘आधुनिक धरहरा’, आज उद्घाटन गरिँदै