३ सय ५४ नेपाली कामदारको मृत्यु


नारायण अर्याल
मलेसिया, पुस २३ । वैदेशिक रोजगारीका निमित्त राम्रो गन्तव्य बनेको मलेसियामा केही बर्ष यता वर्षेनी ठुलो संख्यामा नेपालीहरुले ज्यान गुमाउने गरेको डरलाग्दो तथ्याङ्ग आउन थालेको छ ।

सन् २०१६ मा मलेसियामा ३ सय ८४ जना नेपालीले विभिन्न कारण वाट ज्यान गुमाएका थिए भने यो वर्ष (२०१७) मा पनि विभिन्न कारणवाट ज्यान गुमाउनेको संख्या उस्तै छ । सन् २०१७ मा मलेसियामा ३ सय ५४ नेपालीको मृत्यु भएको सरकारी तथ्याङ्क छ । कम्पनी भित्र हुने घटना, सडक दुर्घटना, आकस्मिक मृत्यु, हृदयघात र दीर्घ रोग जस्ता कारणबाट नेपालीले ज्यान गुमाएको मलेसियास्थित नेपाली दुतावासले जनाएको छ ।

वैदेशिक रोजगारीको लागि मलेसिया आएका अधिकांशको ज्यान सुतेकै अबस्थामा गएको छ । दुतावासका सूचना अधिकारी विनोद मुखियाले दिएको जानकारी अनुसार कम्पनीभित्र भएको दुर्घटनामा परि १४ जनाले ज्यान गुमाएका छन् । त्यस्तै दीर्घरोग बाट ६१ र सडक दुर्घटनामा २६ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, ६४ जनाले आत्महत्या गरेका छन् भने अन्य विभिन्न कारणहरु बाट १ सय ८९ जनाको ज्यान गएको छ । जस मध्ये ३५१ जना पुरुष रहेका छन् भने ३ जना महिलाले ज्यान गुमाएका छन् ।

५ लाख वैधानिक र करिव १ लाख अवैधानिक नेपाली रहेको मलेसयिामा गत वर्षको तुलनामा कामदारको मृत्युदरमा भने केही कम देखिएपनि यो संख्या डरलाग्दो भएको मलेसिया स्थित नेपाली दुतावासका कार्यवाहक राजदुत कुमारराज खरेलले बताए । दैनिक १२, १३ घण्टाको कडा परिश्रम पछि प्रसस्त मात्रामा शरिरले आराम नपाउने, मलेसियामा पाउने सस्ता र कमसल खालका मदिरा पिउने, प्रशस्त मात्रामा पानी नपिउने, पारिवारिक र आफ्नो कामको तनाव, मनमा धेरै कुरा खेलाउने र धेरै जसो कम्पनिले प्रदान गरेका साना कोठा मा धैरै व्यक्तिहरु बस्नाले पनि यस्ता समस्या धेरै आउने गरेका यहाँ रहेका नेपालीहरुले बताउने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मलेसियामा प्रतिमहिना औषत २३ नेपालीको मृत्यु
मलेसियामा अबैधानिक रुपमा बसेका नेपालीलाई स्वदेश फर्कने अवसर
मलेसियाको जोहोर राज्यमा पिएनसीसी को हेल्पडेक्स
काबुलमा नेपालीको सस्तो मृत्यु