झापाको अर्जुनधारामा शतबीज छर्ने भक्तजनको भीड (तस्विरमा हेर्नुस्)


झापा, मंसिर ९ । प्रत्येक वर्ष मार्ग शीर्षकृष्ण त्रयोदशीका दिन हिजो (आइतबार) बेलुकी दिवङ्गत पितृका नाममा दीप दान गरिएपछि आज बिहान शतबीज छरिएको छ । पूर्वको पशुपतिनाथ भनेर परिचित अर्जुनधारा जलेश्वर धामलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको दिन आज अघिल्लो रात आज दिवङ्गत पितृका नाममा दीप दान गरी शतबीच छर्ने परम्परा रहिआएको छ ।

बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउन टाढा टाढाबाट भक्तजन अर्जुनधारा जलेश्वरधाम आएका छन् । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन झापाको अर्जुनधारामा आउँछन् । झापासहित इलाम, पाँचथर, मोरङका साथै भारतका विभिन्न स्थानबाट भक्तजनहरु आएको बताइएको छ । यसरी आएका श्रद्धालु भक्तजनको हिजो बिहानैदेखि अर्जुनधारा मन्दिर परिसरमा भीड लागेको थियो ।

बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको अर्जुनधारामा भीड लाग्ने गर्छ । आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै झापाको अर्जुनधारा, शिवसताक्षीलगायत ठाउँमा शतबीज छर्ने गरिन्छ । शतबीज भनिए पनि हाल सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै अर्जुनधारामा अर्जुनधाराको मुल मन्दिरको वरिपरि परिक्रममा गर्दै शतबीज छरिएको छ ।

यसरी चल्यो दीप प्रज्वलन र शतबीज छर्ने चलन

किंवदन्ती अनुसार, परापूर्व कालमा एक दिन गुठीयारको मृत्यु भएर पशुपतिको दीपमा लाशको अन्त्येष्टि गर्दै थियो । त्यस समयमा शव जलाएकै ठाउँमा बसेर गुठीयारले खानपिन गरिन्थ्यो । खाना खाइरहेका बेला अचानक शवको टाउकोको गिदी गुठीयारमध्येका एक जना बालानन्द (बालासुर) को खानामा परेछ । त्यो उनले थाहा पाएनन् र गिदीसहितको खाना खाइदिए । उनलाई यो स्वाद निकै मनपर्यो र प्रायः सधैँजसो दीपमै समय बिताउन थाल्यो । त्यहाँ ल्याए जति शव आफैँले जलाउने र गिदी खाने गर्दागर्दै शवसमेत खाने गर्न थाले । हुँदाहुँदा जलाइएका शवसमेत खोसेर श्लेषमान्तक वनमा लगेर खान थाले । ती मानिसको शवको मासु खाँदाखाँदा ती बालासुर (बालानन्द) राक्षसको रूपमा परिणम भइसकेछ ।

यसरी मरेको शवको गिदी र मासुसमेत खान पल्किसकेका बालासुर राक्षसको निकै चर्चा भए । त्यसबेलाका राजा भुवनकेशरीसमक्ष यस विषयमा अवगत गराए । राजाले बालासुर राक्षसलाई कसरी मार्न सकिन्छ भनेर छलफल गरे अन्ततः बालासुरको मित वृषसिंहले मात्र मार्न सकिने भएर उसलाई बोलाउन पठाए र अनेक प्रलोभन दिएर मित बालासुरलाई मार्न राजी गराए ।

वृषसिंहले आफ्नो साथीलाई मार्न नसकेर श्लेषमान्तक वनमा गएर आदित्यदेव शिवको तपस्या गरेको र शिवले बालालाई असुरजुनीबाट मुक्त गरी वृषसिंहलाई शतवीज छरेर बालालाई पापमुक्त गराउन आज्ञा दिएको र यसरी शतबीज छर्ने चलन सुरु भएको धार्मिक मान्यता रहेको छ ।

बाला चतुर्दशीमा सतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कुलमानको पक्षमा झापामा प्रदर्शन, पुनः नियुक्तिको माग(फोटोसहित)
उडान भर्ने पूर्व तयारीमा चन्द्रगढी विमानस्थल (हेर्नुस् तस्विर)
बाढीसँगै बग्दै पुल तर्ने सपना, बर्षौंदेखि डुंङ्गाकै भर (फोटोफिचरसहित)
लकडाउनमा खुलेको कन्यामको प्रकृती ! (फोटो फिचर)