लघुकथा : आश्रम


निरज दाहाल

बा बोल्नुभएन आमा सँग नौ महिना । आमा गर्भवती भएको दिनदेखि गाउलेलाई भोज खुवाउन भनेर पालिएको दुईवटा खसी पनि बेचियो । कारण बा ले भने जस्तो भएन वा भनौ फेरि त्यो घरमा छोरीको जन्म भयो । बालाई वंश चलाउनको निम्ति चाहिएको छोरा थियो । जुन आमाले दिन सक्नु भएन । दिन सँगसँगै रात पनि बिते । लौ छोरी सरकारी बिद्यालयबाट जिल्ला प्रथम भइछे । बा आज एकदम खुशी हुनुहुन्छ छोरीको प्रगतिमा अँहँ होइन आज त्यो घरमा छोरा जन्मिएको छ । बा ले भाकेका मन्दिर पुगेर आइसक्नु भयो । अहो ! कति धेरै भाकल बा को ? छोराको दाँत भर्खर उम्रिएको देख्दा बा को आँत भरिएर आयो । बा लाई साहस जुट्यो , हिम्मत आयो । दुई दिदीहरुको विवाह भैसक्यो कति टाढा एक दिदी आसाम एक दिदी मणिपुर । भाइ कान्छी दिदीको अथाह मायाबाट हुर्कदै छ । कान्छी दिदी अर्थात मेनुका । भाइले पनि दिदीलाई खुब माया गर्छ । दिदी सरकारी विद्यालय जादा भाईलाई बोर्डिङ छाडिदिएर जान्छे । समय न हो बिति जान्छ । कान्छी दिदीलाई पनि माग्न आउँछन् । तर कति नजिकै पल्लो गाउँका गौतम । उ अब मेनुका उपाध्यायबाट मेनुका गौतम हुन्छे । छोरा क्याम्पस पढ्न शहर छिर्यो । पढ्न गएको छोरो बुहारी लिएर फर्कियो किर्तिपुरकी मानन्धरकि छोरी । सामान्य बिहे गरियो सकियो । त्यसको एक बर्ष बित्न नपाउँदै आमा बित्नु भयो पल्लो गाउँबाट दिदी त्यहीदिन आइपुगी तर अरु दुई दिदी आइपुग्न चार दिन लाग्यो । काजकिरिया सकियो । बा सँग तागत भएरै होला एक्लै पकाउनु भयो एक्लै खानुभयो । दिन बितिरहेको छ बा का नाडी गल्न थालेकाछन् । बुहारीलाई EDV पर्छ यही बेला । छोरो : बा लाई एक्लै छाडेर कसरी जाने ? बुहारी : आ तिमी पनि आश्रममा राखौला न । बरु पैसा पठाइदिउला भैगयो नि । अहो ! सिरकभित्रबाट बा ले कति छिटो सुन्नुभएछ । छोरा अमेरिका पुगेको ठ्याक्कै तिन बर्ष पुगेछ । अफिसको कामले नेपाल आउँछ । बा भेट्न आश्रम पुग्छ । आश्रमको व्यक्ति : कसलाई खोज्नु भयो ? छोरा : मैले मैले हर्षनारायण उपाध्याय । आश्रमको व्यक्ति : उहाँ तीन बर्ष अगाडि नै जानू भयो ? छोरा : जानुभयो ? कहाँ ? खै फाईल पल्टाउनुहोस् ।

आर्दश वृद्ध आश्रम फाइल नं : १४

नाम : हर्षनारायण उपाध्याय

आएको मिति : २०७०/६/८

ल्याउने व्यक्ति : किशोर उपाध्याय

नाता :छोरा

छोरा फर्केको मिति :२०७०/६/१०

लाने व्यक्ति : मेनुका गौतम

नाता : छोरी


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आज महानवमी : दुर्गा भवानीको पूजा-आराधना गरी मनाइँदै, हनुमानढाेकामा बलि नहुने
बडादशैंको आठौं दिन महाअष्टमी पर्व मनाइँदै, राज्यका तर्फबाट दिइने बलि र कालरात्रि पूजा रोकियो
आजको राशिफल : कार्तिक २ गते, आइतबार
आजको राशिफल : असोज २४ गते, शनिबार