इलामेली नवगायक गोपाल पराजुलीको “सधैं तड्पाई राख्नु भन्दा ” सार्वजनिक (भिडियो)


इलाम, कार्तिक १३ । इलामेली नवगायक गोपाल पराजुलीको अर्को नयाँ गीत सार्वजनिक भएको छ । पराजुलीको आफ्नै स्वरमा सधैं तड्पाई राख्नु भन्दा बोलको गीत सार्वजनिक भएको छ ।

gopal song
तिहारको शुभ अवसर पारेर सार्वजनिक गरेकाे उक्त  गीतमा पराजुलीको आफ्नै शब्द स्वर तथा संगीत रहेको छ ।

नवगायक पराजुलीले बिभिन्न गायक गायिकाको चर्चित गितहरुको कभर समेत गाँउदै आएका छन् । इलामको मंगलबारेमा ब्यवसाय गर्दै आएका पराजुलीले ब्यवसाय सँगै संगितलाई पनि उत्तिकै समय दिएको बताउछन् । त्यस्तै पराजुलीले अर्काे गीत को म्युजीक भिडीयो निर्माणको तयारी समेत गरेका छन् । उनको उक्त गितको छाँयाकन युरोपका बिभिन्न देशमा गर्ने तयारी रहेको उनले बताएका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

हास्य टेली सिरियल ‘जो हाँस्छ ऊ धेरै बाँच्छ’को छायांकन शुरु
युटुबमा ‘छक्का पन्जा ३’को प्रशंसा
इलामेली चेली समिक्षाको आग्रह : ‘भोट दिएर नेपाल स्टार बनाइदिनुस्’