सूर्याेदयका दुइ कलाकारकाे म्युजिक भिडियाे सार्बजनिक


इलाम, असाेज २८ । इलामको सूर्योदय नगरपालिकाका २ जना नवगायकले दशैको अवसरमा एक एक वटा म्युजिक भिडियो सार्बजनिक गरेका छन् । वडानम्बर १३ लक्ष्मीपुरका प्रबिण बिसी र वडा नम्बर १० मालुमका दशरथ भट्टराईले दशैको आसपासमा गीत सार्बजनिक गरेका हुन् । बिसीले भूल्न गाह्रो बोलको गीत सार्बजनिक गरेका हुन् । हाइलाइट नेपाल नामक युट्युब च्यानल मार्फत बिसीले गित सार्बजनिक गरेका हुन् ।

उनको गीतको भिडियोमा बिशाल बिसी, सबिना राउत अनमा राई योगेश भण्डारी लगायतको अभियन रहेको छ । गीतको शब्द सगीत र स्वर गायक प्रबिन बिसीकै रहेको छ भने बिसी र धडकन शर्माले निर्देशन गरेका छन् ।

आखाले देखेको र कानले सुनेको कुरा पनि झुट हुन सक्छ भन्ने भाव गीतमा समेटिएको गायक बिसीले बताए । गायक बिसी झापाको आगन एफएममा कार्यरत रहेका सञ्चारकर्मी हुन् ।
त्यस्तै सूर्योदय नगरपालिकाकै अर्का नव गायक दशरथ भट्टराईले आफ्नै शब्द र सगीतमा तयार गरेको म्युजिक भिडियोमा बसन्त र यौवनको कुरा समेटिएको छ ।

यौवनको रहर लुकाएर राख्न नहुने उनको लोक लयमा आधारित गितका शब्दले समेटेको छ । सूर्योदय नगरपालिकाका बिभिन्न पर्यटकीय स्थानहरु गीतका शब्दमा समेटेको गाउक भट्टराईले बताए । भट्टराईको म्युजिक भिडियोमा अभिमन्यू न्यौपाने, दिक्षा भट्टराई, सञ्जिब तामाङ लगायतको मुख्य भूमिका रहेको छ । https://www.youtube.com/watch?v=0yArObLncVU&feature=share&fbclid=IwAR1H8NDzjxINUtPaa-WYUvE7oGpDAJfcq7oFHuNlO044QMeaabPv7HT6PuI

गायक भट्टराइ हाल काठमाण्डौमा शिक्षण पेशामा आबध्द छन् । दुबै गीतले सूर्योदय नगरपालिकाको पर्यटन प्रबर्धनमा सहयोग पू¥याउने अपेक्षा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

हास्य टेली सिरियल ‘जो हाँस्छ ऊ धेरै बाँच्छ’को छायांकन शुरु
युटुबमा ‘छक्का पन्जा ३’को प्रशंसा
इलामेली चेली समिक्षाको आग्रह : ‘भोट दिएर नेपाल स्टार बनाइदिनुस्’
५५ वर्ष भए शाहरूख : ‘दीवाना’ देखि ‘जिरो’सम्म