दयाहाङ र उपासनाको ‘माया पिरती’
झापा, भदाै ३१ । असोज ३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को ‘माया पिरती’ बोलको गीत सार्वजनिक भएको छ । कालिप्रसाद बास्कोटाको स्वर तथा संगीत रहेको यो गीतमा कालिप्रसादसँगै सविन एकतारेको शब्द छ ।
गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नायक दयाहाङ राई र नायिका उपासना सिंह ठकुरीलाई देखाइएको छ । यो गीतको भिडियो हेर्दा काजीको भूमिकामा रहेका दया चलचित्रमा उपासनासँग प्रेम गर्ने वा नगर्ने दोधारमा देखिएका छन् ।