रवि लामिछानेको निःशर्त रिहाईको माग गर्दै बिर्तामोडमा बृहत प्रदर्शन (फोटोसहित)


झापा, भदौ ७ । सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको निःशर्त रिहाइको माग गर्दै झापाको बिर्तामोडमा बृहत प्रर्दशन भएको छ । सञ्चारकर्मी लामिछाने र कँडेललाई गैह्रकानुनी ढंगबाट प्रहरी हिरासतमा लिइएको विरोधमा शनिबार झापाको बिर्तामोडमा स्वस्फूर्त रुपमा स्थानीयले र्‍याली निकालेका हुन् ।

र्‍याली बिर्तामोड बजार परिक्रममा गरि मुत्तीचोकमा आएर कोणसभामा परिणत भएको थियो । सञ्चारकर्मी लामिछानेलाई विभिन्न बहानामा फसाउन खोजिएको भन्दै होसियार रहन उनीहरुले र्‍याली र कोणसभामार्फत् खबरदारी समेत गरेका छन् । सहभागीहरुले पत्रकार लामिछाने दोषी नरहेको विश्वास समेत व्यक्त गरेका थिए ।

उनीहरुले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको निश्पक्ष छानबिन गरिनु पर्ने समेत माग गरेका छन् । सहभागीले नेपालको राष्ट्रिय झण्डासहित ‘राष्ट्रका सपुत रवि लामिछानेको साथमा हामी छौँ’ लेखिएको ब्यानर लिएर ¥यालीमा उत्रिएका थिए । र्‍यालीमा निर्दोषलाई फसाउन पाइँदैन, पत्रकार पुडासैनीलाई न्याय दे, हत्यालाई आत्महत्या भन्न पाइँदैन, विधीको शासन कायम गर, रवि लामिछानेलाई बिना सर्ता रिहा गर, रवि लामिछाने जिन्दावाद जस्ता नारा लगाएका थिए ।

न्युज २४ टेलिभिजनबाट प्रशारण हुने चर्चित कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता रवि लामिछाने उनका सहकर्मी युवराज कँडेलसहित ३ जनालाई चितवन प्रहरीले साउन ३० गते पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ गरेको थियो । जिल्ला अदालत चितवनले गत मंगलबार उनीसहित ३ जनालाई पुनः ५ दिन म्याद थपेर अनुसन्धान अघि बढाउन अनुमति दिएपछि झापामा प्रदर्शनको श्रृंखला बढिरहेको छ ।

मंगलबार नेपाल कम्युनिष्ट पार्टी झापाले पनि अनुसन्धान प्रभावित हुन सक्ने भन्दै आफ्ना कार्यकर्तालाई यस्ता प्रर्दशनमा सहभागी नहुन विज्ञप्तीमार्फत् ह्वीप नै जारी गरेपनि झापाको बिर्तामोड, दमक, सुरुंगा, गौरादह, केरखा र लक्ष्मीपुरलगायतका स्थानमा दैनिकजसो प्रदर्शन, र्‍याली र कोणसभा भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पूर्वमा साइक्लिङप्रतिको आर्कषण बढ्दै (फोटोफिचर)
झापामा छठ पुजा : छतमा कुण्ड, जलाशयमा ब्रतालु न्यून(फोटोफिचर)
खुलेको मौसम, निलो आकाश, हरियो फाँट अनि चम्किला दाँत जस्तै हिमाल
आयो दशैँ छैन रोनक, सुनसान काँकडभिट्टा नाका(फोटोफिचर)