लक्ष्यभन्दा कम राजस्व सङ्कलन


वीरगंज, पुस १९ । भन्सार विभागले दिएको लक्ष्यभन्दा मङ्सिरमा ६१ करोड राजस्व सङ्कलन कम भएको वीरगंज भंसारले जनाएको छ । मङ्घसिर महिनामा वीरगंज भन्सार कार्यालयले लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न सकेन ।

वीरगंज भन्सार कार्यालयले विभागले कुल निर्यातको ७० प्रतिशत भार वहन गर्दै आएको दिएको लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न नसकेको हो । मङ्सिरमा १० अर्ब ६५ करोड ६१ लाख ९४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा रु ६० करोड ९२ लाख ९८ हजार राजस्व कम सङ्कलन भएको छ । मङ्सिरमा भन्सारले १० अर्ब १४ करोड २० लाख ९६ हजार मात्र राजस्व सङ्कलन गरेको छ । वीरगंज भन्सारले स्थानिय निर्वाचनको कारण निर्धारित लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको बताएको छ ।

निर्वाचनको क्रममा ३ दिन नाकाबन्द गर्नुपरेको कारण लक्ष्य पूरा गर्न नसकेको वीरगंज भन्सारका प्रमुख सेमन्त पोखरेलले बताए । यसै बिच रक्सौलमा क्लिन्कर आन्दोलनको कारण पनि मालवाहक ट्रकहरू वीरगंज भन्सार आउन नसकेको र लक्ष्य पूरा हुन नसकेको भन्सार प्रमुख पोखरेलको भनाइ छ । यसै नाकाबन्दीमा चम्केको वीरगंजको श्रीसिया बन्दरगाहमा पनि पछिल्लो ५ महिनाको लक्ष्य अनुसार राजस्व सङ्कलन हुन सकेको छैन । नाकाबन्दीको बेला रेलबाट व्यावसायीले मालसमान श्रीसिया सुक्खा बन्दरगाहको राजस्व असुली बढेको थियो । चालू आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म ५ मनिामा लक्ष्यभन्दा करिब २७ प्रतिशत कम राजस्व उठेको श्रीसिया सुक्खा बन्दरगाहका भन्सार अधिकृत धनबहादुर बरुवालले बताए ।

पाँच महिनाको लागि १० अर्ब ७५ करोड १८ लाख १६ हजार राजस्व असुलीको लक्ष्य पाएकोमा ७ अर्ब ८७ करोड ७३ लाख ९हजार मात्र राजस्व उठेको उनले बताए । भन्सारले २० करोड ४९ लाख १७ हजार लक्षित राजस्वभन्दा कम सङ्कलन गरेको छ । श्रीसिया सुक्खा बन्दरगाहलाई मङ्सिर महिनामा रु २ अर्ब २६ करोड ३५ लाख ४० हजार सङ्कलन गर्ने लक्ष्य भन्सार विभागले दिएको थियो । तर २ अर्ब ५ करोड ८६ लाख २३ हजार मात्र राजस्व संङ्कलन भएको श्रीसिया बन्दरगाहका प्रमुख सूर्य सेढाईले बताए । राजस्व विभागले गर्त वर्ष प्रगति अनुसार असुलिमा वृद्धि गरेकोले राजस्व असुलिमा समस्या उत्पन्न भएको हो । उनले राजस्व कम हुनुको कारण कोलकाता बन्दरगाहमा पानी जहाजको समस्या भएको जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

काँकडभिट्टा नाकाबाट सवा २ करोडको जडीबुटी निर्यात
‘मेरो शेयर’को पासवर्ड बिर्सिनु भयो ? यसरी गर्नुहोस् रिसेट
तेह्रथुम पावरको आइपीओ खुल्यो, कहिलेसम्म दिने आवेदन?
मानुषी लघुवित्तकाे आईपीओ बाँडफाँड गर्ने तयारी, कति जनाले पाउँदै छन् ?