बिरेन्द्र श्रेष्ठ र योजना पुरीको स्वरमा ‘आउन माया’बोलको गीत सार्वजनिक ( भिडियो )


झापा, असार २५ । आज भन्दा करिब ८०/९० बर्ष पहिले राजकिय तामझामका साथ राजकुमारी हाटबजार पुग्दा सुन्दर ठिटोसङ्ग भेट भयेसी .. एक्दमै रमाईलो हाटबजारको रंगिन् सेटमा गीतलाइ जीवन दियेका छन, निर्देशक निशान घिमिरेले । स्टार कलाकारहरु पुष्प खड्का, सृष्टि खड्का, आयुश र आसुँ को बुलन्द अभिनय रहेको गीतमा जलविद्युतको बिकाशमा बिगत २ दशक देखि खटियेका ईन्जिनियर बीरेन्द्र श्रेष्ठ र सन्चार जगतकी योजना पुरिले स्वर दिनुभएको छ ।

“आउन माया भेटौन” मा सङ्गीतकार दीपक शर्मा, एरेन्जर नरेन्द्र बियोगी तथा मिक्सिङ श्यामस्वेत रसाइलीको रहेको छ , एक पछि अर्को धमाकेदार म्युजिक भिडियो नेपाली साङ्गीतिक बजारमा आउने क्रममा यो अर्को दमदार साङ्गीतिक भिडियो नेपाली सङ्गीतका पारखीहरुले पाएका छन ।

अम्बिका गुरुङ्गको शब्द रहेको सार्वजनिक गीतमा दीपक शर्माको संगीत छ।एक राजकुमारी भित्रकाे ईच्छा र याैवन प्रस्तुत  गीतको भिडियोमा अभिनेता पुष्प खड्का र मोडल सृष्टि खड्का फिचर्ड छन् । भिडियाेमा माेडल सृष्टि राजकुमारीको भूमिकामा प्रस्तुत भएकी छन् भने सृष्टिप्रति पुष्पको एकोहोरो प्रेम देखाइएको छ। सुरेन्द्र बसेलले कोरियोग्राफी तथा निशान कश्यपले निर्देशन रहेकाे भिडियाे दर्शकका लागि अकर्षक रुपमा प्रस्तुत छ।उद्धव दाहालकाे छाया‌‌कन रहेकाे  भिडियोलाई विकास दाहालकाे सम्पादन गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

झापाकी एलिना : जसलाई ‘क्र्याक’ स्वर नै वरदान बन्यो
सज्जा चौलागाईंले जितिन नेपाल आइडल सिजन–३ को उपाधि
अर्जुनधाराको चुरेभावर क्षेत्रमा सकस
सार्वजनिक भयो नीताले स्वर दिएको भजन (भिडियो)