ज्ञानु खड्का प्रदेशकै उत्कृष्ट प्रहरी घोषित


झापा, असार ६ । प्रदेश नम्बर १ प्रहरी कार्यालय बिराटनगरमा कार्यरत प्रहरी सहायक निरीक्षक ज्ञानु खड्का जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

गरेको उत्कृष्ट कार्य सम्पादनको उच्च मुल्यांकन गर्दै २०७६ साल जेठ “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको १ नं प्रदेश प्रहरी कार्यालयले जनाएको । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै कार्यालयले १ नम्बर प्रदेश भरिका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरिन्छ भने उत्कृष्ट कार्यको बिवरणसहितको फ्लेक्स प्रिण्ट १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ र १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आएको छ ।

प्रसनि खड्का केही समय अघि जघन्य अपराधको सफल अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन उत्कृष्ट कार्य गरेको भन्दै नगद पुरस्कारले समेत सम्मानित भएका थिए । त्यस्तै यसअघि १८ महिना काँकरभिट्टामा हुँदा महिला शेलमा रही मानव वेचविखन विरुद्ध समेत कार्य गरेका थिए । उक्त समयमा समेत मानव वेचविखन गर्ने दर्जनौ व्यक्तिलाई मुद्धा समेत चलेको र यो समेत उनको अनुसन्धान गर्ने शैलिकै प्रतिफल भएको काँकरभिट्टामा कार्यरत मानव वेचविखन बिरुद्ध कार्य गर्ने संस्थाहरुले बताउदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बिर्तामोडको इतिहास : जिजु मुमा बडामहारानीको पेवा थियो
भद्रपुर १ मा एमालेको प्यानलै विजयी
बाह्रदशी १ मा नेपाली कांग्रेसको प्यानलै विजयी
झापामा मतदान केन्द्र बनाइँदै, ५१ मतदानस्थल अतिसंवेदनशील