निर्मल पनेरुको ‘म जन्मिदा’ सार्वजनिक


झापा, जेठ ५ । गायक निर्मल पनेरुको गीत ‘म जन्मिदा’ सार्वजनिक भएको छ। शुक्रबार ओएसआर डिजिटलमार्फत गीतको भिडियो सहित सार्वजनिक गरिएको हो ।संगीतकार हरि लम्सालको सङ्गीत रहेको गीतलाई  शीतल कादम्बिनीले रचना गरेकी हुन् ।

सार्वजनिक भिडियोमा रङ्गकर्मी मिलन कार्की फिचर्ड छन् । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् भने बुद्ध थापाले खिचेका हुन् । यसैगरी  विकास धमलाले सम्पादन गरेका हुन्।  गीतले मान्छेको जन्म, भाग्य र जिवनका भोगाइलाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । मान्छेको जिवन भावीले लेखिदिएको अनुसार चल्नै पर्ने बाध्यताको पराकाष्टा हो भन्ने तितो यथार्थ गीतले बोकेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सोह्र महिना सिनेमा हल बन्द हुँदा चलचित्र क्षेत्रलाई १८ अर्ब घाटा
अमिर खानले गरे पत्‍नीसँग सम्बन्धविच्छेद, १५ वर्षको विवाहसम्बन्ध टुंगियो
बालआश्रममा मनाइन् एलिनाले आफ्नो जन्मदिन
हास्य टेली सिरियल ‘जो हाँस्छ ऊ धेरै बाँच्छ’को छायांकन शुरु