बिर्तामोडमा अर्यालको कुल देवताको मन्दिर बन्ने


बिर्तामोड बैशाख ३० । आत्रय गोत्रीय अर्याल परिवारको कुल देवताको मन्दिर निर्माण हुने भएको छ । अर्याल समाज झापाले बिर्तामोडमा मन्दिर बनाउने भएको हो ।झापाको बिर्तामोड नगरपालिका ३ स्थीत बुध्दिलाल राजबशी टोलमा २ तले भवन बनाउने र माथिल्लो तलामा मन्दिरको कल्पना गरिएको अर्याल समाज झापाका सचिब रुद्रमणी अर्यालले बताए ।

Image may contain: 10 people, including Rudramani Aryal, shoes, crowd and outdoor

‘२ तले भवन निर्माण हुने र पहिलो तलामा सभाहल र दोश्रो तलामा कुलदेवताको मन्दिर र स्टोर रहनेछ, सचिब रुद्रमणीले भने,– अनुमानित ४० लाखको लागतमा २ बर्ष भित्र सो भवन निर्माण सम्पन्न हुन्छ । इलाम सुम्बेक बिक्रीगाउ निवासी देबिप्रसाद अर्यालले उपलब्ध गराउनु भएको एक कट्ठा जमिनमा भवन बनाउन लागिएको हो । भवनको सोमबार एक कार्यक्रम गरी सिलान्यास समेत सम्पन्न भइसकेको छ ।

अर्याल परिवारका जेष्ठ सदस्य ९८ बर्षका सोमदत्त अर्यालले भवनको सिलान्यास गरेका छन् । सिलान्यास कार्यक्रममा अर्याल परिवारको अन्य जेष्ठ सदस्यहरु बिष्णुप्रसाद अर्याल धामप्रसाद अर्याल डिकुरा देबि अर्याल जग्गा दाता देबिप्रसाद अर्याल लगायत अर्याल समाजका पदाधिकारी हरुको उपस्थिति रहेको थियो ।

त्यसैगरी सिलान्यास कार्यक्रममा कन्काइ बिकास बैक चन्द्रगढीका रबिन्द्र अर्याल, सञ्चारकर्मी नारायण अर्याल, आयुर्बेदिक क्षेत्रका ज्ञाता टेकनाथ अर्याल, लक्ष्मी क्याम्पस बनियानीका प्राध्यापक होमनाथ अर्याल, निर्माण ब्यवसायीहरु गोपाल अर्याल, देबेन्द्र अर्याल लगायतको बिशेष उपस्थिति रहेको थियो ।

अर्याल समाज झापाले संकलन गरेको बिवरण अनुसार झापा जिल्ला भर १ सय ६२ घर परिवार अर्यालको बसोबास रहेको छ । भवन निर्माणको लागि बिभिन्न क्षेत्रमा छरिएर रहेका अर्यालहरुको सहयोग संकलन गर्ने योजना रहेको अर्याल समाज झापाका अध्यक्ष पर्शुराम अर्यालले बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पाँचथरमा भीरबाट लडेर एक जनाको मृत्यु
हिउँमा फसेका बाबुछोरा उद्धारमा गएको हेलिकप्टर रित्तै फर्कियो
बालबालिकामा अदूरदृष्टिको समस्या बढ्यो: मेची आँखा अस्पतालद्वारा झापाका दुई लाख बिद्यार्थीको निःशुल्क आँखा जाँच
इनर व्हिल बिर्तामोडले दियाे विपन्न बिद्यार्थीलाई न्यानाे कपडा