पान खेतीमा होमिएका सुवास


अर्जुनधारा (झापा), चैत २६ । झापा अर्जुनधारा नगरपालिका वडा नं. १० कालिस्थानका २४ वर्षिय सुवास खरेल कालि बंला जाहाजी जातको पान खेती वाट भविष्य खोज्दै छन् ।

२०७४ साल वाट करिव ३ कठ्ठा क्षेत्रफलमा सुरु गरेको व्यवसायिक पान खेति वाट अर्जुनधारा १० कालिस्थानका युवा सुवास खरेल लाभान्वितको चरणमा पुगेका छन् । भारतको कलकत्ता स्थित कागदिप वाट विरुवा र सोहि स्थान वाट प्राविधिक समेत ल्याएर सुरु गरेको एसियाकै दोश्रो जातको रुपमा परिचित कालि बंला जहाजि पान खेति झापा जिल्लाका लागि मात्र हैन नेपालमै पहिलो र नमुना खेति वनेको छ ।

नेपालमा खाइने विभिन्न स्वादको पानका लागि पत्ताहरु भारत वाट आउने गरेको अवस्थामा सुवासले नेपालमै उत्पादन गरेर एक चरणको विक्रि समेत गरीसकेका छन । व्यवस्थापन संकाय तर्फ विविएस चौथो वर्ष अध्ययन गरिरहेका सुवास भन्छन्, “पढाई व्यवस्थापन संकायको भए पनि कृषि कर्म गर्ने सोच वनाएर पान खेतिको सुरुवात गरेको हुँ, यसबाट केहि गर्न सकिने संभावना देखेको छु ।”

सुवासका वुवा त्रिलोचन खरेलले सुरुवात गर्नु भएको पान खेती वाट उत्पादीत पानले वजारको माग धान्न नसकेको बताउदै उनि भन्छन्, “अरु कृषि उपजका लागि वजारको समस्या सुन्ने गर्छु तर मलाई पान वेच्न न कसैलाई गुहार्नु पर्छ, नत हाट बजार धाउनु नै पर्छ ।”

जाडो सिजनमा प्रति पत्ता ५ रुपैयाँ र गर्मी याममा प्रति पत्ता ३ रुपैयाँका दरले पानको पात बिक्री हुने गरेको छ । बजारमा ताजा पानको माग अत्याधिक रहेको हुदा वजार माग अनुसार यसको खेती विस्तार गर्ने योजना रहेको बताउछन सुवास । सुरुमा भारत वाट ११ सय विरुवा ल्याएर खेति प्रारम्भ गर्दा ५ लाख लगानी भएको बताउदै उनि भन्छन् “नेपाल सरकारले कृषकका लागि अनुदान दिने गरेको बताए पनि हाल सम्म कुनै पनि अनुदान पाएको छैन भारत वाट विरुवा ल्याउदा उल्टै चर्को भन्सार तिरेर ल्याउनु पर्यो ।”

भारतबाट विरुवा ल्याउदा प्रति विरुवा नेपाली रुपैयाँ १५ तिरेका उनले ११ सय विरुवा रोपेको १ वर्षमै लगभग १० हजार विरुवा बनाउन सफल भए । यो जातको पान खेति गर्नका लागि मुख्य गरी विरुवालाई खाद्य तत्वका लागि पिना र समय समयमा सिंचाइ सँगै भिटामिन दिनुपर्ने हुन्छ । पान खेति गरिएको स्थानमा कुनै पनि झारपात तथा अन्य वनस्पती उम्रन दिनु नहुने साथै रजश्वला भएका महिलाहरुले समेत पान खेती गरिएको ठाउँमा जानु नहुने, दैनिक सफाइमा ध्यान दिनु पर्ने, हावाहुरी वाट जोगाउनु पर्ने लगायतका सावधानिहरु अपनाउनु पर्ने बताउछन् पान खेतीमा सहयोग गरिरहेका लिला प्रसाद खरेल ।

साधारण तया झापा जिल्लामा सुपारी, आँप, लगायतमा पान खेती गर्ने गरिएको भए पनि यो पान भने त्यसरी अन्य वोटमा लगाउने पान भन्दा फरक जात तथा गुणस्तरको भएका कारण कालि वंला जाहाजी जातको पान खेतीले वजार राम्रो सँग लिने तथा वजारको समस्या नहुने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

५२ लाखको अवैध सामान बरामद
नेपाल लाइफको ९ प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन हुने
अदुवाको भाउ घटेपछि किसानमा निराशा
बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षका लागि ६ जना मैदानमा