मापदण्ड विपरीत जग्गा प्लटिङ्ग, खेतीयोग्य जमिन मासिँदै


बारा, पुस ७ । बारामा बिना पूर्वाधार आँफू खुसी प्लटिङ्ग गर्ने प्रवृत्ति बढेको छ । बढ्दो जनसंख्या र सहरीकरणले मापदण्ड विपरीत अव्यवस्थित बस्तीको विकास हुँन थालेको छ । नयाँ संरचना बनाउँदा सहर बजार र उत्पादनशील जमिनमा घडेरी किन बेच हुँन थालेको छ ।

बाराको निजगढ नगरपालिका क्षेत्र भित्र बिना स्वीकृति अव्यवस्थित रुपमा जग्गा प्लटिङ्ग गर्ने कार्य व्यापक रुपमा बढेको हो । सरकारले निजगढ नगरपालिकालाई स्मार्ट सिटी तथा निजगढमा फास्ट ट्रयाक र अन्तर्राष्ट्रिय विमानस्थल बन्ने लगभक पक्का भए पछि यस नगरपालिका भित्रका खेती योग्य जमिन मापदण्ड बिना नैं मनपरी ढंङ्गले प्लटिङ्ग र बिक्री वितरण गर्ने कार्य अघि बढेको छ । भूमाफियाले प्लटिङ्ग गर्नेले न्यूनतम मापदण्ड सडक, खानेपानी , टेलिफोन, सडकको मापदण्ड पूरा नगरी खण्डीकरण गरेका छन् ।

नगरपालिकामा कुनै सूचना नगरी आँफू खुसी मापदण्ड पुरा नगरी प्लटिङ्ग भई रहेको निजगढ नगरपालिकाका सुचना प्रमुख नबिन खनालले बताए । उनले यो प्लटिङ्ग होईन जग्गाको कटिङ्ग भईरहेको बताए । आधारभूत आवश्यक्ता समेत पूरा गरेका छैनन, अब नियन्त्रण र कारवाहीको प्रक्रिया अगाडी सार्ने उनी बताउँछन् । यसका लागि मालपोत तथा नापी कार्यालयलाई कित्ताकाटका लागि सिफारिस गरिने उनको भनाई छ ।

पछिल्लो समय गाउँ रित्तिदो छ , खेती योग्य जमिन मासिँदै छ । विभिन्न सेवा सुविधाका नाममा बसाई सर्ने क्रम बढेसँगै पछिल्लो समय निजगढको जमिन बाँझिन थालेको छ । केहि बर्ष अघिको तुलनामा अहिले जग्गाको मुल्य आकश जमिनको परक पाईन्छ । सरकारले निजगढ नगरपालिकालाई स्मार्ट सिटी बनाउँने तयारी गरेता पनि यसको व्यवस्थितापनमा सरकार र सम्बन्धित निकायको ध्यान जान सकेको छैन । मापदण्ड बिना नैं मनपरी ढंङ्गले जग्गा कारोबार गर्ने व्यक्तिहरु प्लटिङ्ग गर्दा खाद्यान्य उत्पादनमा समेत कमी भएको विज्ञहरुको भनाई रहेको छ । प्लटिङ्ग रोकेर खेती योग्य जमिन बचाउँन स्थानीय प्रशासन र सरकारले नै उचित पहल कदम नगरेको स्थानीको आरोप छ ।

पछिल्लो समय कृषि पेशामा धनी मानिएको बारामा उत्पादन हुँने गरेको अन्नबालीले मुलुकको विभिन्न जिल्लाहरु पु¥याईने गरिन्थ्यो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

काँकडभिट्टा नाकाबाट सवा २ करोडको जडीबुटी निर्यात
‘मेरो शेयर’को पासवर्ड बिर्सिनु भयो ? यसरी गर्नुहोस् रिसेट
तेह्रथुम पावरको आइपीओ खुल्यो, कहिलेसम्म दिने आवेदन?
मानुषी लघुवित्तकाे आईपीओ बाँडफाँड गर्ने तयारी, कति जनाले पाउँदै छन् ?