होमस्टेमा पर्यटकको आकर्षण बढ्दै


इलाम, चैत्र १८ ।  ग्रामिण स्तरमा पर्यटन प्रबर्धन गर्न होमस्टे प्रभावकारी बन्दै आएको छ । कम खर्चमा नै पारिवारिक बातावरणमा बास बस्न पाइने भएकाले पर्यटकहरु पनि होम स्टे तिर आकर्षित हुन थालेका छन् ।

पर्यटकहरुको आकर्षण बन्न थालेका नया गन्तब्यहरुमा होमस्टेको महत्व निकै भएको पाइन्छ । यस्तै गन्तब्यहरु मध्ये इलामको रोङ ५ को बहुबन तथा देवानछाप क्षेत्र पनि एक हो । त्यहा रहेको देवान राजाको दरबारको भग्नावसेषहरुको दर्शन गर्न पर्यटकहरु त्यस क्षेत्रमा जाने गरेको पाइन्छ । पर्यटकको चहल पहल हुन थाले पछि बहुबन क्षेत्रमा होमस्टेको अवधारणा आएको छ । स्थानीयले ग्रीन भीलेज सामुदायिक हामेस्टे नामाकरण गरी होमस्टे सञ्चालनमा आएको रोङ ५ का बिरबहादुर लाप्चाले बताए ।

बहुबनमा होमस्टे सञ्चालनमा आए सगै थप सजिलोको लागि मेची पहाडी पर्यटन प्रबर्धन समितिले तालिमको ब्यवस्था गरेको छ । २ दिने तालिम सञ्चालन भएपछि सामुदायिक होमस्टेको अवधारणा र सञ्चालन प्रकृृयाबारे जानकारी पाएको सो होम स्टेका अध्यक्ष चन्द्र गुरुङले बताए । वडा अध्यक्ष युवराज खाप्तुवा राई स्थानीय सामाजिक ब्यक्तित्व बृहस्पति खतिवडा, बिभिन्न सामााुजक संघ सस्थाका प्रतिनीधि लगायतको उपस्थितिमा कार्यक्रम सञ्चालन भएको थियो ।

तालिम कार्यक्रममा ३० जनाले सहभागिता जनाएका थिए । मेची पहाडी क्षेत्र पर्यटन प्रबर्धन समितिको सहयोगमा ग्रिन भिलेज सामुदायिक होमस्टे समितिले तालिमको आयोजना गरेको होमस्टे समितिका अध्यक्ष चन्द्र गुरुङले बताए । बहुबन क्षेत्रमा १२ जातीका मानिसहरुको बसोबास रहेको र देवान राजाको दरबार, सामुदायिक बन कमेरे पहाड लगायतको आकर्षक क्षेत्रहरु रहेको स्थानीय बृहस्पति खतिवडा बताउछन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पत्रकारविरुद्ध जथाभावी नबोल्न मेडिकल सञ्चालक प्रसाईलाई महासंघको चेतावनी
बिर्तामोडमा ब्राउन सुगरसहित दुई जना पक्राउ
नदीजन्य पदार्थ उत्खनन् गर्ने ठेकेदारलाई घाटा लागेको भन्दै ६४ लाखबढी रकम फिर्ता गर्ने तयारी
बर्षाका कारण झापाका अधिकांश स्थान जलमग्न, सयौँ घर डुबानमा